विराटनगर, २१ साउन/ विज्ञान संकाय सञ्चालन गरिहेका विराटनगरका प्लस टुहरुले उत्कृष्ठ नतिजा ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को विज्ञान संकायको परीक्षाफल शुक्रवार प्रकाशित भएपछि विराटनगरका प्लस टुहरुले उत्कृष्ठ नतिजा आएको प्रतिक्रिया दिएका छन् ।
नतिजा प्रकाशित भएपछि विराटगरको एभरेष्ट स्कुलले टप गरेको दावि गरेको छ । एभरेष्टबाट सहभागि ८२ विद्यार्थी मध्ये ५९ जनाले विषिष्ट श्रेणी र २३ जना प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिएका छन् । एभरेष्टबाट कक्षा ११ को परीक्षामा पूर्वाञ्चल टपर अनिश भण्डारीले कक्षा १२को परीक्षामा पनि टप गरेको पुरीले दावि गरेका छन् । भण्डारीले ८६.३० प्रतिशत अक ल्याएका छन् ।
विराटनगरको शिक्षादिप कलेजबाट परीक्षामा सहभागि भएका ४ सय ७० विद्यार्थी मध्ये ६६ जनाले विशिष्ट श्रेणी र ३ सय ६० जनाले प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् भने १७ जना फेल भएका छन् । प्लस टु का प्रिन्सिपल ज्ञानबहाु्र्र खडकाका अनुसार मेघा साहले उत्कृष्ठ अंक ल्याएकी छन् । मेघाले ८५.८ प्रतिशत ल्याएकी छन् ।
विराटनगरको कान्तिपूर प्लस टु ले पनि पूर्वाञ्चल टप गरेको दावि गरेको छ । कान्तिपुरबाट परीक्षा दिएका सुनिलकुमार यादवले ८६.४० प्रतिशत अंक ल्याएको प्लसटु ले दावि गरेको छ । कान्तिपुरबाट ३सय ९० जना विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए । जस मध्ये ३५ जना विशिष्ट र २ सय ९९ जनाले प्रथम श्रेणीमा पास गरेको बताइएको छ ।
त्यस्तै सेन्ट जोसेफ स्कुलबाट सहभागि २० जना विद्यार्थीले उत्कृष्ठ अंक ल्याएको स्कुलले दावि गरेको छ । परीक्षामा सहभागि भएका २० विद्यार्थी मध्ये १२ जनाले विशिष्ट र ८ जना प्रथम श्रेणीमा उत्र्तिण गरेको स्कुलले जानकारी दिएको छ ।
यता ६ सय ९० विद्यार्थीले सहभागि गराएको अरनिको प्लस टुबाट १सय ६५ जना विषिष्ट श्रेणीमा उत्तिर्ण गरेको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । उनका अनुसार ४ सय ३५ विद्यार्थी प्रथम श्रेणीमा उत्तिर्ण गरेका छन् ।
त्यस्तै भानु प्लस टुबाट कक्षा १२ को विज्ञान संकायको परीक्षामा सहभागि एकसय २९ विद्यार्थी मध्ये १५ जना विशिष्ट र एक सय जना प्रथम श्रेष्ठीमा उत्तिर्ण भएको मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६ जना दोस्रो श्रेणीमा उत्तिर्ण भएका छन् भने ८ जना अनुत्तिर्ण भएका छन् । त्यस्तै दुई सय विद्यार्थी सहभागि भएको लर्डबुद्ध प्लस टुबाट २७ जना विशिष्ट श्रेणी सहित ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको प्लस टुले जानकारी दिएको छ ।
कोवास कलेजबाट सहभागि एकसय ५० विद्यार्थी मध्ये ५ जना विशिष्ट, १सय ५ जना प्रथम र २२ जना दोस्रो श्रेणीमा उत्तीर्ण भएका छन् भने १८ जना विद्यार्थी फेल भएका छन् । अर्किड प्लस टुबाट कक्षा १२ को विज्ञान संकायको परीक्षामा सहभागि भएका दुईसय विद्यार्थी मध्ये १ सय ८० जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
त्यस्तै ग्रिनल्याण्डबाट सहभागि भएका ४ सय ८ जना विद्यार्थी मध्ये ३ सय ८६ जना विद्यार्थी उत्तिर्ण भएका छन् । जसमा ४३ जना विशिष्ट श्रेणीमा, १ सय ८७ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् ।