विराटनगर, २० साउन / राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित कक्षा १२ को बिज्ञान संकायको परीक्षाफलमा विराटनगरमा रहेको कान्तिपुर कलेजले पूर्वाञ्चल प्रथम भएको दावी गरेको छ ।
नयाँ व्यवस्थापनमा सञ्चालनमा आएको कान्तिपुर कलेजले पहिलो वर्षमा नै र पुर्वाञ्चल प्रथमसहित उत्कृष्ट नतिजा ल्यायँन सफल भएको हो । सुनिलकुमार यादव ८६.४५ प्रतिशत ल्याएर पुर्वाञ्चल प्रथम भएको कलेजको दावी रहेको छ । त्यस्तै कलेजले ३५ जना बिशिष्ट श्रेणी र २ सय ९९ जना प्रथम श्रेणी सहित ९५.६५ विद्यार्थी उत्तीर्ण भएको कलेजका सञ्चालक तथा पूर्व प्रिन्सिपल खुशीराज श्रेष्ठले जाजकारी दिए ।