animated ellipse animated ellipse

सामाजिक सुरक्षा ऐन कार्यन्वयन गर्न जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७४, बिहीबार १४:२४
3
Shares
विराटनगर, १९ साउन / सामाजिक सुरक्षा ऐन कार्यान्वयन गराउन श्रमिक र श्रमिकसँग आवद्ध सम्पूर्ण संघसंस्था लाग्नु पर्नेमा जोड दिइएको छ ।
सामाजिक सुरक्षा विद्येयक सम्बन्धी आज विराटनगरमा पत्रकार सम्मेलनमा बोल्दै जिफन्टका महासचिव बिष्णु लम्सालले सामाजिक सुरक्षा विधेयक संसदबाट पारित हुनु मजदुरहरुका लागि खुशीको कुरा भएको भन्दै कार्यान्वयन गर्न लाग्नु पर्नेमा जोड दिए ।
उनले श्रमिक र रोजगारदाता बीच २०६७ चैतमा सामाजिक सुरक्षा कोषमा श्रमिकको तर्फबाट १० प्रतिशत, सरकारले करबाट १ प्रतिशत र रोजगारदाताले २० प्रतिशत योगदान गर्ने सहमति भए बमोजिम कार्यान्वयन गर्न लाग्ने बताए । उनले यो ऐन श्रमिकहरुका लागि संचयकोष जस्तै भएको भन्दै एकै पटक लागू नभए पनि क्रमिक रुपमा लागू गर्ने बताए ।
ऐनमा तोकिए अनुसार सामाजिक सुरक्षाका ६ क्षेत्र औषधोपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, असशक्तता सुरक्षा,वृद्ध अवस्था सुरक्षा,आस्रित परिवार सुरक्षा उपलब्ध हुने बताए । सामाजिक सुरक्षा ऐन व्यवस्थापीका संसदबाट २०७४ साल साउन ९ गते पारित भएको थियो ।
कायैक्रममा नेपाल ट्रेड युनियन कांग्रेस,नेपाल ट्रेड युनियन महासंघ,अखिल नेपाल ट्रेड युनियन महासंघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर