RUMPUM
animated ellipse animated ellipse

बेलबारी उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ श्रावण २०७४, बुधबार १४:२०
3
Shares
गोपाल काफ्ले
पथरी, १८ साउन /मोरङको पथरीशनिश्चरेमा जारी खुल्ला नकआउट च्यम्पियन फुटवल प्रतियोगितामा विजयी हुदै बेलबारी फुटवल क्लव बेलबारी उपाधि नजिक प्रवेश गरेको छ ।
पथरी स्पोटिङ क्लवको खेल मैदानमा आज भएको खेलमा बेलबारीले जदाहा फुटवल क्लवलाई २–१ गोल ऋनतरले पराजित गर्दै बेलबारी फाइनलमा प्रवेश गरेको हो हराउदै बेलबारी विजयी भएको छ । खेलको १७ औ मिनेटमा बेलबारीका लागिका लागि भूषण सुब्बाको हेडलाई बुद्घिमान राईले गोल गरेका थिए । दोस्रो हाफको १० औ मिनेटमा भुवन बस्नेतले उत्कृष्ट गोल गर्दै २ गोको अग्रता बनाए भने त्यसको २ मिनेट नबिदै जदाहाका तिर्थराज पाँचकोटीले १ सान्तवना गोल गरे ।
अन्डर १९ का खेलाडी लिएर मैदान प्रबेस गरेको जदाहाले निकै राम्रा अवसरहरु पाए पनि गोल गर्न बाट चुकेका थिए । पानिले गर्दा खेल मैदानमा निकै अवरुध पारेको थियो । २० गते हुने भनेको फाईनल खेल ताप्लेजुङ गोल्ड कपका कारण भोलिनै हुने भएको छ । भोलिको फाइनल खेल बेलबारीले डि एफ सि भाउनेसँग प्रतिस्पर्धा गर्ने छ । राखेप र एन्फाले खेल खेलाउन नसकेको र लिग नभएकोले खेलाडी बाहिरिने क्रम बढ्दो भएकाले खेलाडी आफै बाजि खेललाई दर्शकको मनोरञ्जनको लागि राष्टिय रेफ्रि र खेलाडी बोलाएर खेल खेलिरहेको राष्टीय खेलाडी दिपक राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर