RUMPUM
animated ellipse animated ellipse

अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि सत्यनारायणलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ श्रावण २०७४, सोमबार १४:१३
3
Shares
विराटनगर, १६ साउन / कोकाकोला अन्तर विद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि सत्यनारायण माविले हात पारेको छ ।
मोरङ फुटबल संघले प्रतियोगितालाई मोरङको दुई क्षेत्रमा विभाजन गरेर आयोजना गरेको खेलमा विराटनगर ‘क’ को उपाधी सत्यनारण माविले जितेको छ । यसअघि नै पथरी ‘ख’ क्षेत्रको उपाधी भानुभक्त मेमोरियल बोर्डिङ स्कूलले जितेको छ । बुधबार भानु र सत्यनारायण माविबीच जिल्ला च्याम्पियनका लागि फाइनल खेल्ने छन् ।
प्रतियोगिता अन्तर्गत आज विराटनगरमा भएको खेलमा सत्यनारायणले सगरमाथा बोर्डिङ स्कूललाई टाइब्रेकरमा ३–२ गोलमा पराजित गर्दै ‘क’ क्षेत्रको उपाधी जितेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । खेलको म्यान अफ द म्याच सत्यनारायणका गोलरक्षक बलिराम पासवान भए । उनले नगद ११ सय र मेडल पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर