RUMPUM
animated ellipse animated ellipse

भुषणको २ गोलले बेलबारी बिजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७४, शनिबार १३:५९
3
Shares
गोपाल काफ्ले
पथरी, १४ साउन /मोरङको पथरीशनिश्चरेमा   मोरङ नकाउट च्यम्पियन फुटवत प्रतियोगिता अन्तरगत भएको आज भएको खेलमा बेलबारी फुटवल क्लब विजयी भएको छ ।
पथरी स्पोर्टिङको खेल मैदानमा भएको खेलमा एकता युथ क्लबलाई शून्यका बिरुद्घ  २ गोलले  पराजित गर्दै बेलबारी फुटवल क्लवले अन्तिम चारमा प्रवेश गरेको छ । बेलबारीकालागी खेलको २९ औं मिनेटमा भुषण लिम्बुले गोल गर्दै खेलको खाता खोलेका थिए । दोस्रो हाफको २९ औ मिनेटमा पुर्न लिम्बुले अर्को १ गोल थप्दै खेल  २ गोलको अग्रतामा पुर्याए ।
प्रतियोगितामा  मोरङ भरिका खेलाडीहरुमात्र खेल्न पाउने छन् ।  प्रतियोगीताको बिजेताले नगद ३० हजार र उपबिजेताले नगद १० हजार प्रप्त गर्ने छन् ।  ८ वटा टिम बाट ५/५ हजार उठाएर फाईनल जित्नेलाई  खेलको खर्च कटार ३० हजार रकम प्रदान गरिने पथरी स्पोटिैङका क्याप्टेन तथा खेल संयोजक दिपक राईले बताए। दोस्रो पुरस्कार अमेरिकामा रहेका अजय सेनले प्रायोजन गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल फुटवल एसोसिएसनले बिगत लामो समय सम्म लिग लगायत कुनै पनि खेलकुद गतिबिधी गर्न नसकेको कारण खेलाडिहरु आफ्नै पैसा संकलन गर्दै बाजि खेल गर्न थालेको पथरी स्पोटिङ क्लवका पुर्व खेलाडी दिपक पुलामी बताए । कुनै लिग नभएका कारण र खेल खेलाए बापत भत्ता आउने भएकाले रेफ्रीहरु पनि गाँउको बाजि खेल खेलाएको देखिन्छ बाजि खेललाई पनि दर्शकलाई मनोरन्जन प्रदान गर्न रेफ्री र खेल तालिका बनाएर खेल खेलाएको खेलाडीहरु बताउँछन  ।
२० गते हुने फाईनल खेलमा दुई जना मोरङका पत्रकारलाई नगद १०/१० हजारले सम्मान गरीने छ । उक्त सम्मानका लागी मोरङ पथरीशनिश्चरेका हाल अमेरिकामा रहेका अजय सेनले हजुरबा सुर्य बहादुर सोम्याहाङको स्मृतीमा र क्यानडामा रहेका मनिष सम्बाहाम्फेले बाबू जगत बहादुर सम्बाहाम्फेको स्मृतीमा ५०र५० हजारको अक्षय कोष खडा गरेका छन्  । भोलिको खेल पथरी स्पोटिङ क्लव पथरी र मंगलबारे फुटवल क्लव मंगलबारे बिच हुने संयोजक दिपक राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर