RUMPUM
animated ellipse animated ellipse

बर्दियाको गेरुवामा कांग्रेस विजयी, अध्यक्षमा जमानसिंह केसी निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ असार २०७४, आईतवार १७:५४
3
Shares
१८ असार, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा जमानसिंह केसी र उपाध्यक्षमा हेमकुमारी थरुनी विजयी भएका हुन् ।

विजयी कांग्रेसका जमानसिंह केसीले माओवादी केन्द्रका विश्वबहादुर थारुलाई ८४५ मतअन्तरले हराए । केसीले ६ हजार ३ र थारुले ५ हजार १५८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए ।

एमालेका अध्यक्ष उम्मेदवार नुतनकुमार चौधरीले २ हजार ७६९ मत पाएका छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकै हेमकुमारी थरुनी विजयी भएकी छन् । उनले माओवादीकी लीला चौधरीलाई २४१ मतअन्तरले हराइन् । हेमकुमारीले ५ हजार १५८ र माओवादीकी लीला चौधरीले ५ हजार ३१२ मत पाएका छन् ।

उपाध्यक्षमा एमाले उम्मेदवार मञ्जु शर्माले २ हजार ८७० मत पाएकी छन् ।

गेरुवा गाउँपालिकामा कांग्रेसले वडानम्बर ५, २ र ३ मा जितेको छ । माओवादी केन्द्रले वडानम्बर १ र ६ तथा एमालेले वडानम्बर ४ मा जितेको छ ।

२०७४ असार १८ गते १५:२७ मा प्रकाशित

onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

2 comments

  1. विजयी कांग्रेसका जमानसिंह केसीले माओवादी केन्द्रका विश्वबहादुर थारुलाई ८४५ मतअन्तरले हराए । केसीले ६ हजार ३ र थारुले ५ हजार १५८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए ।

    एमालेका अध्यक्ष उम्मेदवार नुतनकुमार चौधरीले २ हजार ७६९ मत पाएका छन् ।

  2. विजयी कांग्रेसका जमानसिंह केसीले माओवादी केन्द्रका विश्वबहादुर थारुलाई ८४५ मतअन्तरले हराए । केसीले ६ हजार ३ र थारुले ५ हजार १५८ मत पाएको निर्वाचन अधिकृत देवराज भारतीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

तपाईको प्रतिक्रिया

*

ताजा समाचार