खबर पूर्वाञ्चल
५ असार २०७४, सोमबार १०:२२
विराटनगर ५ असार / नेपाली कांग्रेसबाट विराटनगर महानगरपालिकाका मेयरका उमेद्वार भिम पराजुली र उपमेयर इन्दिरा कार्कीलाई विराटनगर वार्ड नं १२ दरैयाका स्थानीयले भव्य स्वागत गरेका छन् ।
भिम पराजुली यूवाको ढुकढुकी ,बृद्धवृद्धाको सहयोगी भन्ने जस्ता नारा लगाउदै स्थानीयले स्वागत गरेका थिए । कार्यक्रममा भिम पराजुलीले विराटनगर औद्योगिक नगर भएकोले औद्योगिक विकासमा जोड दिएर स्थानियलाई एक घर एक रोजगारीको अवसर सृजना गराउने बताए । कांग्रेसप्रति जनलहर बढेको भन्दै पराजुलीले आफु विजयी भएसंगै विराटनगरमा विकासका बाटाहरु खुल्ने बताए । जनताले चाहेका बेला र समस्या समाधानमा तत्काल जनताको घरदैलोमा पुग्ने प्रतिवद्धता जनाए ।
उपमेयरकी उम्मेदवार कार्कीले समाजको आधा हिस्सा ओगट्ने महिलाको अधिकारका सवालमा आवाज उठाउने र अधिकारको पक्षमा वकालत गर्ने बताइन् ।
प्रत्येक वडाहरुमा एम्बुलेन्स सेवा दिने ,सुत्केरी,अशक्त र गरिब महिलाहरुका लागी विशेष सेवाको व्यवस्था मिलाइनेमा महानगरबासी ढुक्क रहन आग्रह गरिन । यस्तै बुधनगरका ३,४ र ५ नम्वरमा समेत स्थानीयले मेयरका उमेद्वार पराजुली र कार्कीलाई भव्य स्वागत गरे ।
बुधनगरका विभिन्न भागमा काग्रेसले घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको छ । यस्तै प्रजातन्त्रीक विचार समूहमा आस्था राख्ने नीजि विद्यालयका सन्चालक तथा प्रिन्सिपलहरुले विराटनगर स्थित इन्द्रेणी पार्टी प्यालेसमा भव्य स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा सावित्री पराजुली,रविन दाहाल,अमिस रेग्मीलगायतले विजयको शुभकामना दिएका थिए । यसै गरी नेपाल शिक्षक संघले एक कार्यक्रमको आयोजना गरी विजयको शुभकामना प्रदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
तपाईको प्रतिक्रिया