animated ellipse animated ellipse

एमालेद्धारा विराटनगर घोषणा पत्र सार्वजनिक, फुसका घर एक वर्ष भित्रैमा जस्ताका बन्नेछन्

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०७४, सोमबार १०:२१
3
Shares
विराटनगर, ५ असार÷ नेकपा एमालेका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदका उम्मेदवार विनोद ढकालले समृद्ध विराटनगर बनाउनका लागि आफुले उम्मेदवारी दिएको बताए ।
विराटनगरको आमूल परिवर्तनका गर्ने योजनाका साथ आफु अघि वढेको उनको भनाई छ । नेकपा एमाले विराटनगर महानगरकमिटीले आज पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको विराटनगर महानगरपालिकाको घोषणा पत्र सार्वजनिकीरकण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उम्मेदवार ढकालले विराटनगरलाई आर्थिक गतिविधिको केन्द्र बनाई छाड्ने समेत दावी ग।रे । पछिल्लो समय विराटनगरमा आर्थिक गतिविधि हुन छाडेको भन्दै उनले औद्योगिक प्रर्दशनीस्थल बनाई आर्थिक क्रियाकलाप बढाउने बताए ।
विराटनगर महानगरपालिका भित्र रहेका फुसको घरलाई एक वर्ष भित्रैमा जस्ताको घरमा परिणत गर्ने उनले उद्घोष गरे । उनले भने,‘ एक वर्ष भित्रमा विराटनगर भित्र कसैका घर फुसका हुने छैनन’ विराटनगरलाई एक नंवर प्रदेशको राजधानी बनाइने भन्दै उनले एक नम्वर प्रदेशलाई अखण्ड राखीने समेत बताए । ढकालले भने,‘ अहिले पनि प्रदेश नम्वर एकलाई खण्डित गर्ने कुरा चल्दैछ, यो कदापी हुन दिन्न ।’
महानगरपालिकाको घोषणा पत्रमा मुख्य गरि सुशासनको पुर्ण प्रत्याभुती र संस्थागत विकासको आधार, दिगो र संस्थागत भौतिक पूर्वाधार, वातावरण संरक्षण, सामाजिक विकास र सेवाको सुनिश्चितता, आर्थिक विकास र वित्तिय व्यवस्थापनलाई विशेष जोड दिईएको छ । घोषणा पत्र एमाले पोलिटव्युरो सदस्य लालबावु पण्डितलगायतका नेताहरुले सार्वजनिकीकरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर