विराटनगर, ४ असार/ विराटनगर महानगरपालिकामा एमाले फोरम लोकतान्त्रि गठबन्ध र माओवादी केन्द्र फोरम नेपाल गठबन्धनले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आज भएको मनोनयन दर्ताका क्रममा कांग्रेस मेयरका प्रत्यासी भिम पराजुलीले ज्वतीसी हेराएर दिउँसो दुई बजे मनोनयन दर्ता गराएका थिए । कांग्रेसबाट इन्दु कार्की उपमेयरले पनि उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
नेकपा माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल गठबन्धनका उम्मेदवार उमेश यादव मेयर र नमिता न्यौपाने उपमेयरले मनोनयन दर्ता गराएका हुन् । एमाले र फोरम लोकतान्त्रि गठबन्धनका उम्मेदवार विनोद ढकाल र सुची चौधरीले पनि मनोनयन दर्ता गराएका छन् । त्यस्तै राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ । राप्रपाको तर्फबाट मेयरमा प्रल्लाहद साह र उपमेयरमा शोभा श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
महानगरपालिकाको मेयरकालागि केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विराटनगरका जगतप्रसाद अर्याल, डा. शिब अधिकारी, राजकुमार कार्की र पुष्पनारायण प्रधान लगायतले स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका छन् ।