AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एनएमबि बैंकको वित्तीय साक्षरता अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७४, बिहीबार १५:५६
3
Shares
मधुमल्ला, १ असार / एनएमबि बैंकले वित्तीय साक्षरता अभियान अन्तरगत आज मधुमल्लाको निर्मल सिद्धार्थ बोर्डिङ स्कूलका अभिभावकहरुलाई बैंक, वित्तीय संस्था, वित्तीय सेवा–सुविधा, बैंधानिक रुपमा वित्तीय सेवा प्रदान गरिरहेका वित्तीय संस्थाहरुमा कारोवार गर्दा हुने फाईदा, बचत गर्ने तरीका आदिको बारेमा जानकारी गराएको छ ।
बैंकले अब विशेषगरी महिलाहरुलाई उद्यमी बनाउने किसिमका योजनाहरु अगाडी बढाउने जनाएको हो । बैंकले सञ्चालन गरेको एक घर एक खाता अभियान सँगै वित्तीय साक्षरतालाई समेत अगाडी बढाएको र यो कार्यक्रमलाई अब निरन्तर रुपमा पूर्वाञ्चल भरि सञ्चालन गर्ने बैंकले जनाएको छ । कार्यक्रममा विद्यालयका १सय ५० भन्दा बढी अभिभावकहरु र विशेष गरी महिला अभिभावकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा एनएमबि बैंकका क्षेत्रीय प्रमूख उत्सव घिमिरे, क्लष्टर प्रमूख अशोक क्षेत्री, उर्लाबारी शाखाका प्रमूख राजेश ढकाल र मधुमल्ला शाखाका प्रमूख सिताराम ओझा ले संयुक्त रुपमा कार्यक्रममा जानकारीहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर