RUMPUM
animated ellipse animated ellipse

उम्मेदवार अझै टुङगो लागेन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०७४, बिहीबार १५:३९
3
Shares
विराटनगर, १ असार/ चुनाव घर आगनमै आइसक्दा धेरै दलले उमेद्वारको टुङगो लगाएपनि नेकपा एमाले मोरङले अझै पनि सबै स्थानियतहमा उमेद्वार टुङगो लगाएको छैन ।
सवैभन्दा बढी चासोको रुपमा हेरिएको विराटनगरमाहानगरपालिकामा मेयरको उमेद्वार पार्टी अध्यक्ष विनोद ढकाल भएपनि उपमेयरमाको हुने भन्ने अझै पक्का भएको छैन ।
मनोनयन गर्ने मिति नसरेको भए आज नेकपा एमाले एक नम्बर प्रदेश कमिटिले उमेद्वार टुङगो लगाउने भए पनि दुई दिन मिति सरेका कारण एमालेको विराटनगरको उपमेयरको उमेद्वार को बन्ने भन्ने अन्योल कायमै छ ।
उपमेयरको उमेद्वार सावित्रा रेग्मी र विमला घिमिरे मध्ये कसलाई बनाउने भनेर प्रदेश कमिटिले अझै निर्णय गर्न सकेको छैन । मोरङ पार्टी भित्र पनि नेता तथा कार्यकर्ता रेग्मी र घिमिरे दुबै तिर विभाजन भएपछि अझ समस्या भएको बुझिएको छ ।
सावित्रा रेग्मीलाई बनाउन पुर्व अध्यक्ष महेश रेग्मीको अडान र घिमिरेलाई बनाउनु पर्छ भनेर केन्द्रीय सदस्य जिवन घिमिरेले अडान नछोडेका कारण पनिको उमेद्वार बनाउने भन्ने टुङगीएको छैन । अरु मुख्य दुई दलले उमेद्वार टुङगो लगाएका कारण रेग्मी वा घिमिरे जो उपमेयरको उमेद्वार भए पनि माओवादी केन्द्रकी नमितान्यौपाने र नेपाली काँग्रेसकी इन्दु कार्कीसंग मुख्य प्रतिष्पर्धा हुनेछ ।
एमालेले विराटनगर महानगरपलिका भित्रका अझै १२ बटा बडामा पनि अध्यक्षकाउमेद्वार टुङगो लगाउन सकेको छैन । सात बटा बडामा सर्वसम्मत रुपमा उमेद्वार चयन भएको थियो वाँकीमा अझै विवाद भएका कारण टुङगीन नसकेको हो । यसैगरी सुन्दरहरैचा, बेलवारी नगरपालिका र बुढी गंगा गाउँपालिकामा पनि प्रमुख र उपप्रमुखको उमेद्वार टुङगो लागेको छैन । उपमेयर र टुङगीन वाकी अरु सबै तहमापनिप्रदेश कमिटिले नै उमेद्वार टुङगो लगाउने नेकपा एमाले मोरङ मोर्चा विभाग प्रमुख रुपेश खतिबडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर