AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेकोे चुनावी प्रचार प्रसारमा तिब्रता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ असार २०७४, बिहीबार १५:२९
3
Shares
विराटनगर, १ असार / नेकपा एमाले मोरङले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको छ । एमालेले घरदैलो कार्यक्रम, भेला बैठक , तथा प्रचार प्रसार कार्यक्रम सञ्चालन गरेर चुनावी अभियान अगाडी बढाएको छ ।
आज नेकपा एमाले मोरङको पाञ्चाली स्थित पार्टी कार्यालयमा मजदुर, विद्यार्थी, महिला तथा युवा जनबर्गिय संगठनहरुको भेला गरेर चुनावमा स्वयमसेबीको रुपमा खटिन, घरदैलो अभियान संचालन गर्न,मतदाता शिक्षा अगाडी बढाउने, सामाजिक सञ्जालमार्फत पनि चुनाव प्रचारप्रसार गर्न निर्देशन दिएको नेकपा एमाले मोरङ मोर्चा विभाग प्रमुख रुपेश खतिबडाले बताए ।
सो अबसरमा मजदुरका तर्फबाट जिफन्टका किशोर धमला, अनेरास्ववियुका बसिम आलम, अनेम संघको तर्फबाट यसोधा अधिकारी र युवा संघको तर्फबाट पर्शुराम बस्नेतले आ—आफ्ना संगठनहरुले चुनावको सन्दर्भमा गर्दै आएका कामहरु र भावी योजना प्रश्तुत गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जिवन घिमिरे , मोरङ अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयरका उमेद्वार विनोद ढकाल, निर्वाचन परिचालन समितिका संयोजक तथा एमाले मोरङका उपाध्यक्ष रामलाल साहले नेकपा एमालेले चुनावमा विजय हासिल गर्नका लागि परेको भन्दै चुनावी अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर