RUMPUM
animated ellipse animated ellipse

इटहरा समाज कतारको सुजतालाई सहयोग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७४, बुधबार १५:२४
3
Shares
उर्लाबारी,३१ जेठ /मिर्गौला रोगबाट पीडित मोरङ रतुवामाई—१० सोमबारेकि सुजता निरौलाको उपचारको लागि इटहरा कतार समाजले पठाएको रकम बिरामीको परिवारलाई हस्तान्तरण गरिएको छ । सुजताको ठुलोबुवा रामजी निरौलालाई रतुवामाईस्थित सोमबारेमा एक कार्यक्रमको आयोजना गरि १ लाख ८४ हजार रुपैंया हस्तान्तरण गरिएको हो ।
इटहरा समाज कतारका प्रतिनिधी रन्जन घिमिरेले उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा इटहरा समाजका रञ्जन घिमिरे,प्रकश शाह,सन्तोष ताँथी,दीपक बस्नेत,दिलिप भण्डारी लगायको उपस्थिती रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा राष्ट्रनिर्माण बोर्डिङ स्कुलका प्रिन्सिपल विश्वास ढकाल,न्यानो अभियान नेपालका कोषाध्यक्ष कमल जोजो वाईवा,महेन्द्र उच्च माविका सह—प्राचार्य चिरन्जिवी निरौला लगायको आतिथ्यता रहेको थियो ।
सुजताको उपचारको लागि स्थानीय स्तरमा बुलेट गाईज क्लवले सहयोग अभियान चलाएको थियो । बुलेट गाइज क्लवका कोषाध्यक्ष दिनेश भट्टराईले सुजताको उपचारको लागि आफुहरुले २ लाख बढि रकम संलकन गरिसकेको र अझै सहयोग आउने क्रम रहेकोले एकमुष्ट हस्तान्तरण गर्ने कार्यक्रम बताए । कतार समाजका अध्यक्ष युवराज निरौला,उपाध्यक्ष समिन बराल लगायतले कतारमा सहयोग अभियान सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर