AArya
RUMPUM
animated ellipse animated ellipse

आन्दोलनको प्रभाव दक्षिण क्षेत्रमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७४, बुधबार १५:२१
3
Shares
विराटनगर,३१ जेठ / राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको आमहड्तालले बुधबार पनि दक्षिणी तराइको जनजिवन प्रभावित भएको छ ।
संविधान संसोधन, स्थानितहको संख्या थप्नुपर्ने, निर्वाचनको मिति सार्नुपर्ने लगातका माग राखेर गरिएको आम हड्तालका कारण दक्षिण तराइको जनजिवन प्रभावित बनेको हो ।
हड्तालका कारण बुधबार पनि विहानैदेखि सार्वजनिक यातायताका साधन चल्न सकेका छैनन भने, मोटरसाइकल, सिटि रिक्सा लगायतका साना सवारी साधन भने चलिरहेका छन् ।
बन्दका कारण विराटनगर बसपार्कदेखीका सार्वजनिक सवारिका साधन गुड्न सकेका छैनन् भने विराटनगरको बरगाछी चोकबाट सार्वजनिक सवारि साधन निर्वाध रुपमा गुडिरहेका छन् । बन्दका प्रभाव विराटनगर मुख्य बजार क्षेत्रमा प्रभाव परेको छ । आम हड्तालका कारण विराटनगर रंगेली सडका कुनैपनि सार्वजनिक सवारि साधन चल्न सकेका छैनन् । आम हड्तालको असरका कारण शैक्षिक संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा ठप्प बनेका छन् ।
बुधबार विहानैदेखि विराटनगरको चौकचौकमा राजपाका कार्यकर्ता निस्किएर बजार, पसल र सवारी साधन बन्द गराउँदै हिंडिरहेका छन् ।सडकमा संचालन भएका केही सवारी साधनलाई बन्द उल्लंघन गरेको भन्दै बन्दकर्ताहरुले अवरोध गरिरहेका छन् ।
राजपासंग सरकारले पटकपटक गरेका सम्झौता विपरित दोस्रो चरणको स्थानीय निकाय निर्वाचन गराउने तयारी गरेपछि देशव्यापी रुपमा उम्मेदवारि मनोनयन गर्ने दिन जेठ २ गते सम्म आमहड्तालको आब्हान गरिएको नेता कादिरले बताए ।
बन्दका बेला कुनै अप्रिय घटना हुन नदिन विराटनगरलगायतको सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले जानकार्री दिए । उनका अनुसार कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । एसपी भण्डारीले सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर