श्रीमति आँचलसँग निराजनले मनाए आफ्नो जन्मदिन

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७४, बुधबार १४:५०

विराटनगर/मोडलिङ्ग गर्दा गर्दै नेपाली मिडियामा छुट्टै पहिचान बनाए अभिनेता हुन निराजन लुईटेल । उनले आफ्नो जन्मदिन श्रीमति आँचल र साथीहरुसँग पर्यटकीय सहर पोखरामा बुधबार मनाएका छन् । अघिल्लो वर्ष बिबाह बन्धनमा बाधिएका निराजन पछिल्लो समय मोडलिङ्गमा व्यस्त छन् ।

‘क्रास’ चलचित्रबाट सिनेक्षेत्रमा डेब्यू गरेका निराजनले काठमाण्डौं, पोखरा, धरानलगायतको विभिन्न शहरमा ¥याम्पमा हिडेका छन् । म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिया निराजन तीन वटा चलचित्रमा अभियन गरेका छन् । सुपर गोर्खेमा मुख्य भूमिका निर्भाह गरेका निराजनको चलचित्र प्रदर्शनीको तयारीमा छ । निराजन ए–वान इन्टरटेन्मेन्टको चयरमेन समेत हुन । निराजनलाई खबर पूर्वाञ्चालको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.