ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङको सिजुवामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०७४, मंगलवार १८:४९
3
Shares
विराटनगर, ३० जेष्ठ / विराटनगर–२ स्थित नेशनल किड्नी हस्पिटलको प्राविधिक सहयोगमा मोरङको रतुवामाई नगरपालिका स्थित सिजुवा बजारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सनातन धर्म सेवा समिति मोरङ अन्तर्गतको सिजुवा शाखाको आयोजनामा सञ्चालित एकदिने स्वास्थ्य शिविरमा हस्पिटलका तर्फबाट विशेषज्ञ डाक्टरहरु सहितको सेवा उपलब्ध गराइएको थियो । सिजुवा बजारको स्थानीय विश्वनाथ मन्दिर परिसरमा आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा फिजिसियन सेवा, युरोलोजी सेवा, बालरोग सेवा, स्त्रीरोग सेवा, ल्याब सेवा तथा निःशुल्क औषधी वितरण गराइएको थियो ।
विशेषज्ञ सेवाहरु सहित निःशुल्क औषधीसमेत वितरण गरिएको उक्त कार्यक्रममा सिजुवा र त्यस आसपासका इटहरा, गोविन्दपुर, झुर्किया र महादेवा क्षेत्रका सर्वसाधारणहरुको सहभागिता रहेको थियो । युरोलोजी अन्तर्गतका विरामीलाई स्थानीय स्तरमा विशेषज्ञ डाक्टरहरु सहितको सेवा प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा करिब पाँच सय बढीले आफ्नो स्वास्थ्य जाँच गराएको हस्पिटलका कार्यकारी निर्देशक भोगेन्द्र खड्काले जानकारी दिए ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै स्थानीय आयोजक सनातन धर्म सेवा समिति सिजुवा शाखाका अध्यक्ष पदम प्रसाईले सम्पूर्ण सेवा सुविधा स्थानीय स्तरमा नै उपलब्ध गराएकोमा नेशनल किड्नी हस्पिटललाई धन्यवाद व्यक्त गरेका थिए । ‘धेरै सर्वसाधारण रोग लुकाएर बस्छन्, कति आर्थिक अभावका कारण उपचार गराउन सक्दैनन्’, अध्यक्ष प्रसाईले भने, ‘गाउँमै आएर विशेषज्ञ डाक्टरहरुबाट सेवा पाउनु हाम्रोलागि अत्यन्तै सकारात्मक विषय हो ।’
सर्वसाधारणको स्वास्थ्यमा विशेष ध्यान दिलाउने उद्देश्य सहित शिविर आयोजना गर्ने नेशनल किड्नी हस्पिटलले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा आगामी दिनमा त्यस्तो सेवा पाइराख्नुपर्ने अपेक्षा गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै हस्पिटलका अध्यक्ष एवम् वरिष्ठ युरोलोजिष्ट डा. सन्तोष कुमार झाले सामाजिक क्षेत्रमा आफूहरुको भूमिका अझ बलियो हुँदै जानेमा विश्वस्त रहन आग्रह गरे । कार्यक्रममा बोल्दै उनले भने, ‘ग्रामिण क्षेत्रमा आएर सर्वसाधारणको उपचार गर्न पाउनु हाम्रोलागि पनि सकारात्मक काम हो । यसलाई प्रचारप्रसारको विषयभन्दा अलग बनाएर सेवा पु¥याएर सेवा पु¥याउन हामी सधैं तयार रहन्छौं ।’
ग्रामिण क्षेत्रमा शिविर आयोजना गर्न सहयोग गर्ने सनातन धर्म सेवा समिति सिजुवा शाखाप्रति आभार व्यक्त गर्दै उनले उक्त संस्थाको सिफारिसमा आउने न्यून आय भएका सम्पूर्ण विरामीहरुलाई उपचार सेवामा पचास प्रतिशत छुटको व्यवस्था गरिने घोषणा गरे ।
विगत चार वर्षदेखि सञ्चालनमा आएको यस हस्पिटलमा फिजिसियन सेवा, स्त्रीरोग सेवा, हाडजोर्नी सेवा, बालरोग सेवा तथा युरोलोजी सेवा सञ्चालनमा रहेका छन् । यसका साथै ल्याप्रोस्कोपिक सर्जरीमा हस्पिटलले पूर्वाञ्चलमै पहिलो स्थान लिन सफल भएको छ । युरोलोजीमा पूर्वाञ्चलमै परिचित र सफल रहेको यस हस्पिटलले निकट भविष्यमा आइसियू तथा लेजर सर्जरी सेवाको समेत तयारी सुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर