नेकपा एमाले होमियो निर्वाचनमा

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७४, मंगलवार १८:३५
विराटनगर, ३० जेठ / उम्मेदवार छनौटको कामअन्तिम चरणमा पुर्याएको नेकपा एमाले मोरङ योजना बनाएर चुनावी दौडमा उत्रेको छ । जिल्लाका सवै क्षेत्र मामत परिणाम आफ्नो पक्षमापार्ने लक्ष्य सहित एमाले मोरङ चुनावमा परिचालन हुने भएको हो ।
आज जिल्ला पार्टी कार्यालय पाञ्चालीमा बसेको सचिवालयको वैठकले विभिन्न समिति बनाएर चुनावमा परिचालन गर्ने निर्णय गरेको हो । एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाका अधिकांश स्थानीयतहमा सुर्यध्वजा बहाकउम्मेदवारलाई जिताउने गरि सम्पूर्ण शक्ति परिचालनगर्ने निर्णय भएको एमाले मोरङका सचिव ऋषिकेश पोखरेलले जानकारी दिए ।
वैठकले जिल्ला भरको निर्वाचन परिचालनको संयोजन गर्ने जिम्मेवारी पार्टी सचिव ऋषिकेश पोखरेललाई दिएको छ भने जिल्ला निर्वाचन कार्यालयको स्थापना समेत गरेको छ । सचिव पोखरेल प्रमुख रहने त्यस कार्यालयको संयोजन गर्ने जिम्मवारी नरेश पोखरेललाई दिइएको छ ।
कार्यालयमा रहि निर्वाचन सम्बन्धि काम गर्न जिल्ला कमिटी सदस्यहरु नरेन्द्र बराल, पर्र्शुराम बस्नेत, ओसीम आलम, मणी दाहाल, बिमला दाहाल, किशोर धमला, भाष्कर खनाल र जगत थापालाई जिम्मेवारी दिइएको छ ।
यस्तै वैठकले विराटनगर महानगर पालिका निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । एमाले मोरङका उपाध्यक्ष रामलाल साहको संयोजन रहने समितिमा महानगरपालिकाका इञ्चार्ज सागर थापालाई सचिव र सम्पूर्ण जिल्ला कमिटी तथा नगर कमिटीका सदस्यहरुलाई सदस्य बनाइएको छ ।
वैठकले नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितको संयोजकत्वमा अनुगमन समिति बनाएको छ । अनुगमन समितिमा जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, विभाग कमिटि सदस्य, प्रदेश कमिटि सदस्य तथा जिल्ला कमिटिका पदाधिकारी सदस्य रहने व्यवस्था गरेको छ । यसैगरि जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्न केन्द्रीय तथा जिल्ला तहका नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
यसैबिच विराटनगर महानगरको निर्वाचन परिचालन समितिको पहिलो वैठक बुधबार विहान ११ बजे बस्ने निर्णय भएको महानगरपालिकाका इञ्चार्ज सागर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.