बुढानिलकण्ठ स्कूलमा बार्षिक पूरस्कार वितरण

खबर पूर्वाञ्चल, २९ जेष्ठ २०७४, सोमबार १८:०६
विराटनगर, २९ जेठ / शिक्षाक्षेत्रमा सदैब अग्रणी स्थान हासिल गर्न सफल बिराटनगर – ३ मा रहेको बुढानिलकण्ठ अंग्रेजी मा.वि मा वार्षिक पूरस्कार वितरण समारोहको आयोजना गरेको छ ।
आज स्कूलमा एक समारोहको आयोजना गरी शैक्षिक सत्र २०७३ को हरेक कक्षाबाट प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुका साथै वर्षभरी साप्ताहिक खेलकुदमा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई समेत पूरस्कार वितरण गरिएको थियो ।
शैक्षिक पूरस्कारतर्फ कक्षा नर्सरी देखि यूकेजी सम्मकै उच्चतम अंक ल्याउने छात्रा सनिसा शाक्यलाई नगद पूरस्कार दुई हजार, कक्षा १ देखि ५ सम्मको उच्चतम अंक ल्याउने छात्र आयुश ढुङ्गानालाई नगद पूरस्कार हजार र कक्षा ६ देखि ९ सम्मको उच्चतम अंक ल्याउने छात्र अमितकुमार चौधरीलाई नगद पूरस्कार हजार, शतप्रतिशत छात्रवृत्ति र मायाको चिनो आ–आफ्ना अविभावकका साथ स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले प्रदान गगरेका थिए ।
स्कूलमा हरेक कक्षामा प्रथम, द्वितिय र त्रृतीय हुने विद्यार्थीहरुलाई मासीक शुल्कमा  क्रममा ७५%, ५०% र २५% छुट दिने ब्यवस्था पनि गरिएको छ ।
पूरस्कारकै क्रममा स्कूलकै उत्कृष्ट छात्रूको उपाधी रोहन बस्नेत, उत्कृष्ट छात्राको उपाधी रिती कर्ण र अलराउण्डरको  उपाधी एलिसा श्रेष्ठ ले प्राप्त गरेका थिए ।
हाउसततर्फ हरेक बुधवार हुने कार्यव्रmम तथा अन्य सम्पुर्ण शैक्षिक गतिविधीको आधारमा धेरै अंक प्राप्त गरेर ब्यू हाउस विजेता भएको छ । यस संपुर्ण कार्यव्रmमको ब्यवस्थापनका साथै उद्घोषण स्कूलका सञ्चालक एवं आइसीसी प्यानल अम्पायर बुद्विबहाद्र प्रधानले गगरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.