खबर पूर्वाञ्चल
विराटनगर, २८ जेठ/ अवकास प्राप्त पूर्व डियसपी तथा नेपाल आदिवासी जनजाति महासंघ मोरङका वर्तमान अध्यक्ष मिलन कुमार राईले स्थानिय तहको निर्वाचनमा विराटनगर महानगरपालिको ११ नम्बरको वडा अध्यक्षमा उम्मेदवार बनेका छन् । राईलाई संघिय समाजबादी फोरम नेपालले सर्वसम्मत रुपमा रुपमा विराटनगर ११ नम्बर वडा अध्यक्षमा उम्मेदवार बनाएको हो ।
सामाजिक काममा सक्रिय रुपमा लागि पर्ने राईले विभिन्न जातिय संघसंस्थादेखि प्रहरी संगठनभित्र पनि कुसलता पूर्वक काम गरेको अनुभव उनीसँग छ । फोरम नेपालले राईलाई ११ नम्बर वडा अध्यक्ष सर्वसम्मत रुपमा टुंगो लगाएपछि ठूला दल नेपाली काँग्रेस, एमाले र माओवादीलाई झड्का लागेको छ । राईको उम्मेदवारीेले काँग्रेस, एमाले र माओवादीका नेताहरुका लागि चुनौती बनेको छ । काँग्रेसेभित्र आकंक्षीहरु बढी हुँदा उम्मेदवार छनौट गर्न सकस परिरहेको बेला फोरम नेपालले सामाजिक क्षेत्रमा लागि परेका व्यक्ति राईलाई उम्मेद्वार बनाएको हो । पार्टीले राईलाई उम्मेद्वार बनाएसँगै अन्य पार्टीका स्थानिय कार्यकताहरुले पनि भोट दिने देखिएको स्थानियमा चर्चा छ । उनले आदीवासी सामुदायको साझा संस्था र प्रहरी संगठन भित्र अभिलम्बन गरेको भष्ट्रचारलाई निर्मुल पार्ने अभियानप्रति स्थानिय मतदाता राई प्रति आकर्षित भएको पाइन्छ ।
पार्टीले उम्मेदवार टुंगो लगाएसँगै राईले अहिले आफ्नो वडामा आफ्नो एजेन्डासहित घरदैलो गर्दै भोट माग्न तलिन छन् । उनले भने, ‘मैले जितेको खण्डमा विराटनगर ११ वडालाई देशकै नमुना वडा बनाउनेछु ।’ अन्यले भाषण गर्दछन्, म काम गरेर देखाउछु राई भने, ‘मेरो उदेद्दय नै स्थानिय तहमा भ्रष्टचार निर्मलु पार्ने हो ।’ ‘त्यसपछि विकासको गतिलाई अगाडी बढाउछु, उनले भने, ‘वडालाई ग्रिनसीटि बनाउने मेरो योजना छ ।’ यसका साथै राईले आफ्नो वडाको विकासका लागि विद्युत् तथा अन्य तार केबलहरुलाई ग्राउण्डेट गर्ने, ढल नाला तथा सडकको स्तरोन्नती गर्ने, सरकारी विद्यालयको स्तरोन्तीलगायतका काम गर्ने बचन बद्धता जनाएका छन् ।
साविक विराटनगर १५ नम्बर वडालाई हालको ११ नम्बर वडामा ६ हजार ७ सय ८९ मतदाता रहेको छ । यस वडामा नेकपा एमालेबाट तिपेन्द्र न्यौपाने र नेकपा माओवादी केन्द्रबाट विनोद साहको वडा अध्यक्षामा उम्मेद्वार पार्टीले टुंगो लगाएको छ ।
६८ वर्षिय राई जवानबाट नेपाल प्रहरीमा भर्ती भएर हल्दार, सहि, इङ्लिसपेक्टर हुँदै डियसपी भएर २०६२ सालमा अवकास प्राप्त भएका हुन् । अवकासपछि उनी सामाजिक क्षेत्रमा काम गर्दै आदीवासी जनजाति सामुदायको हकहितमा काम गर्दै राजनीतिमा प्रवेश गरेका हुन । पार्टीको सल्लाकारको रुपमा सुझाब सल्ला दिदै आएका राई स्थानिय जनताबिच लिकप्रिय छन् ।
सबै पार्टीको मतदाताबिच आफ्नो लोकप्रिय भएकोले वडामा जित हात पार्ने दाबी गरेका छन् । ‘यही ठाउँमा काम गरेरको मान्छे हुँ,’ राईले भने, ‘बच्चादेखि बुढासम्मले मलाई चिनेका छन्, सबैले मलाई सहयोग गर्छु भन्नुभएको छ, यहाँको सामाजिक कामदेखि जनताको सुख–दुःखमा मैले साथ दिएको छु ।’
प्रत्येक घरघरमा पुगेर मत मागिरहेका राईले विपक्षीको जो कोही उम्मेद्वार आएपनि आफूलाई फरक नपर्ने तर्क गर्दछन् । ‘म जस्तो पुरानो र इमान्दार मान्छे मेरो प्रतिस्पर्धी होला जस्तो छैन,’ उनले भने, ‘मलाई यहाँका प्रत्येक मान्छेले चिनेका छन् ।’