खबर पूर्वाञ्चल
विराटनगर, २६ जेठ/ ‘स्कूल गट ट्यालेन्ट’ को पहिलो अडिसन मोरङको रङ्गेलीमा आज शुक्रबार हुँदैछ । दर्वेसामा रहेको न्यू स्टार स्कूलमा पहिलो अडिसन हुने भएको हो ।
सप्तक संगीत कला मन्दिर विराटनगरको आयोजनामा मोरङ जिल्लाभरिका विद्यालयमा अध्ययरत विद्यार्थीमा लुकेर बसेका विभिन्न विधाका प्रतिभालाई खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
यस प्रतियोगितामा विद्यार्थीले अभिनय, नृत्य, गीत, चित्रकला आदी प्रस्तुत गर्न पाउने अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा मोरङका विद्यालयमा अध्यनरत कक्षा ३ देखि १० सम्मका विद्यार्थीले भाग लिन पाउनेछन् । २७ गते गते उर्लाबारी र पथरीका प्रतियोगिको लागि हाम्रो सहकारीमा हुनेछ । त्यस्तै २८ गते लेटाङको ग्रिन भ्याली स्कूल, असार २ गते विराटचोकको हातेमालो सहकारी, असार ३ गते विराटनगरको हाटखोलमा रहेको इष्टउड इन्टरनेसनल एकाडेमी र ४ गते रानी युवा क्लब मिल्स एरिया हुने संगीत कला मन्दिरको सचिव ज्योती सुब्बाले बताउनु भयो ।
प्रतियोगितामा तीन वटा चरणबाट छनोट भएका प्रतियोगी फाइनलमा पुग्नेछन् । फाइनलमा पुगेका प्रतियोगीलाई विभिन्न विधाका विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण दिने बताइएको छ । आयोजकले विधागत रुपमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँको साथै आकर्षण ट्रफी प्राप्त गर्नेछन् । जस्तै, चित्रकला, नाटक, गीत, नृत्यमा प्रथम, द्धितीय र तृतीय हुने प्रतियोगिले छुट्टा–छुट्टै रूपमा पुरस्कार प्राप्त गर्ने कोषाध्यक्ष दिपेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रतियोगिताको सेमिफाइनल तथा फाइनलमा पुगेका प्रतियोगिलाई विभिन्न अवार्डसमेत सम्मानि गरिनेछ । जसमा बेस्ट फ्रेन्डसिप, मोस्ट डिसिपिलेन, बेस्ट कस्टम, बेस्ट टाइमिङ्ग लगायतको अवार्ड रहेका छन् । विराटनगरमा रहेका युवा कलाकर्मीहरु आवद्ध भएको यस संगीत कला मन्दिर स्थापना भएको पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो । मन्दिरका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘बालप्रतिभाको खोजी गरि राष्ट्रियस्तरको कलाकार उत्पादन गर्न यस प्रतियोगिताले ठूलो भूमिका निर्वाह गर्दछ ।’