जनता क्याम्पसका ४ कर्मचारीलाई अख्तियारको पत्र

खबर पूर्वाञ्चल, २६ जेष्ठ २०७४, शुक्रबार ०७:०९

अर्जुन पौडेल
इटहरी, २६ जेठ/ इटहरीस्थित जनता बहुमुखी क्याम्पसका ४ जना कर्मचारीले नक्कली लाइसेन्स लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ ।

परीक्षा फाँटका प्रमुख लिला रिजाल, कर्मचारी गुणराज पराजुली, काउन्टरका लोकनाथ लम्साल, लेखापाल र कर्मचारी विभागका प्रमुख राम प्रसाद शर्माले नक्कली लाइसेन्स लिएको सूचनाको आधारमा पत्र पठाइएको अख्तियारले जनाएको छ ।

उनीहरुलाई आफ्नो सक्कली प्रामाणपत्र माग गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुनसरीका प्रमुख प्रेम भट्टराईले जानकारी दिनुभयो । क्याप्पस प्रमुख भोजराज श्रेष्ठका अनुसार आफूले सूचना पाएको ७ दिन पछि ४ जना कर्मचारीको प्रमाणपत्रको २ प्रति फोटोकपी इक्युभ्यालेन्ट गरेर अख्तियारलाई पठाइसकेको जानकारी दिनुभयो । अख्तियारले भने इक्युभ्यालेन्टको सिस्टम नभएको बताएको छ । शिक्षा सम्बन्धि छानबिन क्षेत्रीय कार्यालयको सिमा भन्दा बाहिर रहेकोले केन्द्रीय कार्यालयले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । पत्र काटिएका कर्मचारीहरुको प्रमाणपत्र भारतीय भएकोले शंखास्पद रहेको र अनुसन्धान भइरहेको बताइएको छ ।

                                                                                        जनविद्रोह दैनिक 

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५