RUMPUM
animated ellipse animated ellipse

सुकुमबासीलाई नमूना बस्ती बनाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ जेष्ठ २०७४, बिहीबार ०६:२१
3
Shares

विराटनगर, २४ जेठ/ विराटनगर वडा नम्बर ७ बाट माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेद्वार बन्नुभएका शिवकुमार कार्कीले आफूले जिते सुकुमबासीका लागि नमूना बस्ती निर्माण गर्ने बताउनु भएको छ ।
आफूले जिते सिंघीया खोलाको किनारमा बसोबास गर्ने ५५ घर सुकुमबासीका लागि धुर्मस सुन्तली फाउन्डेसनले जस्तै नमूना बस्ती निर्माण गर्ने घोषणा गर्नुभएको हो । यसका साथै कार्कीले आफ्नो वडाको विकासका लागि विद्युत् तथा अन्य तार केबलहरुलाई ग्राउण्डेट गर्ने, ढल नाला तथा सडकको स्तरोन्नती गर्ने देखि सिंघीया खोलाको कटान नियन्त्रणका लागि बाँध निर्माण गर्ने, सरकारी विद्यालयको स्तरोन्तीलगायतका काम गर्ने बचन बद्धता जनाउनु भएको छ ।
साविक विराटनगर ८, ९ र १० नम्बर वडा मिलेर बनेको हालको ७ नम्बर वडामा अन्य पार्टीबाट अहिलेसम्म उम्मेद्वारी तय भएको छैन । तर, कार्की भने आफ्ना मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ । ‘मैले काम गरेर देखाउने हो, यो ठाउँलाई हराभरा, ग्रिन र क्लिन सिटी निर्माण गर्नेछु,’ कार्कीले भने, ‘सुकुमबासीका लागि नमूना वस्ती निर्माण गर्नेछु, कुनै आग्रह पूर्वाग्रह राखेर काम गर्दिन सबैको भलाई हुने काम गर्नेछु ।’

पूर्वबाट विराटनगर आउनेका लागि उचित बसपार्कको व्यवस्था, सिटी सफारिको पार्किङको व्यवस्था देखि सरकारी खाली जग्गामा बजार व्यवस्थापन गर्ने योजना रहेको कार्कीले बताउनु भयो । ‘बजारका लागि कटहरीमा जानुपर्ने बाध्यताको अन्त्य गरी आफ्नै क्षेत्रमा बजार निर्माण गरिनेछ,’ उहाँले भन्नुभयो, ‘हाटबजार व्यवस्थित गर्नका लागि सपिङ मार्केट स्थापना गर्ने योजना बनाएको छु ।’ विराटनगरको हाटखोलामै जन्मेहुर्केका कार्की पेशाले यातायात व्यवसायी हुनुहुन्छ । ४६ वर्षीय कार्की २०४३ सालमा थलाहा गाविसमा युवक संघका सभापतिमा निर्वाचित हुनुभएको थियो । त्यसयता राजनीतिमा सक्रिय नभएपनि कार्की ६२ सालदेखि माओवादीलाई सहयोग गर्दै आउनु भएको थियो । हाल माओवादीका तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बन्नुभएका कार्कीले आफूले उक्त वडामा जित हात पार्ने दाबी गर्नुभयो । ‘यही ठाउँमा खाई खेली हुर्केको मान्छे हुँ,’ कार्कीले भन्नुभयो, ‘बच्चादेखि बुढासम्मले मलाई चिनेका छन्, सबैले मलाई सहयोग गर्छु भन्नुभएको छ, यहाँको सामाजिक कामदेखि जनताको सुख–दुःखमा मैले साथ दिएको छु ।’

प्रत्येक घरघरमा पुगेर मत मागिरहेका कार्कीले विपक्षीको जो कोही उम्मेद्वार आएपनि आफूलाई फरक नपर्ने बताउनु भयो । ‘म जस्तो पुरानो र इमान्दार मान्छे मेरो प्रतिस्पर्धी होला जस्तो छैन,’ कार्कीले भन्नुभयो, ‘मलाई यहाँका प्रत्येक मान्छेले चिनेका छन् ।’ आफू निर्वाचित भएको खण्डमा सरकाले दिने तलब भत्ता जनताकै सेवामा लगाउने बताउँदै कार्कीले आफूलाई सहयोग गर्न सबैसँग अपिलसमेत गर्नुभयो । उक्त वडामा अहिले ५५ देखि ५८ सय मतदाता रहेको कार्कीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर