विराटनगर, २२ जेष्ठ/ ठाकुर युवा कल्याण समाज नेपाल विराटनगरको आयोजनामा मोरङको धनपाल गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विराटनगर–२ बरगाछी स्थित नेशनल किड्नी हस्पिटलको प्राविधिक सहयोगमा नोचा–१, धनपालगाउँपालिका स्थित दूर्गा आधारभूत विद्यालयमा एकदिने विशेषज्ञ डाक्टरहरु सहितको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
फिजिसियन, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग तथा युरोलोजी सेवाहरु सहित पाँच डाक्टरहरुले स्थानीय स्तरमा उपचार सेवा प्रदान गरेका थिए । शिविरमा निःशुल्क ल्याब सेवाका साथै विरामीहरुलाई आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरिएको हस्पिटलका कार्यकारी निर्देशक भोगेन्द्र खड्काले जानकारी दिए ।
स्थानीय जनताहरुलाई सेवा प्रवाह गर्ने सामाजिक उद्देश्य सहित आयोजना गरिएकोमा करिब पाँच सय बढीले शिविरबाट लाभ लिएको आयोजक संस्था ठाकुर युवा कल्याण समाज नेपालका अध्यक्ष रञ्जन ठाकुरले बताउ । उनले भने, ‘गाउँमा धेरै सर्वसाधारण रोग लुकाएर बस्ने गरेको पाइएकोमा शिविरपछि खुलेर अस्पतालसम्म आउनुपर्छ भन्ने चेतना प्रवाह गराउनु पनि हाम्रोलागि सफलताको विषय बन्यो ।’