मुस्लिम बस्तिमा मतदान शिक्षा

खबर पूर्वाञ्चल, १५ जेष्ठ २०७४, सोमबार २०:५४
तिलकुमारी शर्मा
विराटनगर, १५ जेठ / टोल सुरक्षा समिति विराटनगर वडा नं.९ को आयोजनामा आज मुस्लिम बस्तिमा मतदान शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचन भनेको के हो, मतपत्रमा छाप लगाउने सही तरिका,मतपत्र बदर हुने अवस्था,निर्वाचन आचार संहिता,गाउँ सभा र नगर सभाको गठनलगायतका विषयमा भिडियो सहित एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको होे ।
कार्यक्रममा टोल सुरक्षा समितिका संयोजक नागेन्द्र भगत,सदस्यहरु लिना उपाध्याय, रुकैया खातुनलगायतले प्रशिक्षण दिएका थिए । मुस्लिम समुदायका महिलाहरुको लागि निस्वार्थ र स्वतः स्फूर्तरुपमा निर्वाचन आयोगद्वारा खटाईएका कर्मचारीहरूको समेत साथ लिएर कार्यक्रम सञ्चालन गरिएको समितिका संयोजक भगतको बताए ।
वडाका अन्य टोलमा पनि यो कार्यक्रम लैजाने टोल सुरक्षा समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५