AArya
RUMPUM
animated ellipse animated ellipse

किरात राई यायोक्खामा विष्णु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ जेष्ठ २०७४, सोमबार १९:४६
3
Shares
विराटनगर १५ जेठ / किरात राई यायोक्खा कार्य समिति विराटनगरको सातौँ अधिवेशनबाट पहिलो पटक महिला उम्मेदवार चयन भएको छ ।
आज भएको सातौ अधिवेशनबाट विष्णु राईको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ । विराटनगरमा भएको अधिवेशनले उपाध्यक्षमा सुरेन्द्र नाछिरीङ राई सचिवमा कुन्ता राई सहसचिवमा दशरथ रुम्दाली राई, कोषाध्क्षमा मधु राई र सह–कोषाध्यक्षमा दानबहादुर राई सर्व सम्मतले निर्वाचित भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा खड्कबहादुर राई, मिना राई, राधा राई, मीना राई, बर्माराज राई, जसबहादुर राई, रामकुमार राई, बालकुमारी राई, सविता राई, दिपक सन्चु राई, नविना राई र मैया राई रहेका छन् । नव निर्वाचित अध्यक्ष विष्णु राईले आफ्नो कार्य कालमा अधुरो रहेका किरात राई यायोक्खाको भवन निर्माण सक्रिय रुपमा लागि पर्ने प्रतिबद्धता जाहेर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर