छिमेकी मुुलुुकलाई गाली गरेर कोही पनि राष्ट्रवादी हुुन नसक्ने–नेता आर्चाय

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७४, बुधबार १९:५३
फाइल तस्वीर
विराटनगर, १० जेठ /नेपाली कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले छिमेकी मुुलुुकलाई गाली गरेर कोही पनि राष्ट्रवादी हुुन नसक्ने वताएका छन् ।
नेपाल ट्रेड युुनियन कांग्रेसको विराटनगरको नगर सम्मेलनलाई आज सम्वोधन गर्दै नेता आर्चायले एक नेपालीले अर्को नेपाली जनतालाई लडाउन खोज्नुु राष्ट्रवादी चरित्र नभएको वताएका हुन् । उनले हिमाल, पहाड र तराईको भावनालाई जोडन स्थानिय निकाय तह थप गरिएको प्रष्ट पारे । उनले भारत र चिन तिर फर्केर उग्र कुुरा गर्दैमा राष्ट्रवाद वलियो नहुुने भन्दै विभेदकारी राजनिति नर्गन एमालेलाई आग्रह गरे ।
कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजालले पहिलो चरणको निर्वाचनको परिणामलाई हेरेर विचलित नहुुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रसे जहिले पनि सवैजाती समुुदायलाई जोडने काम गरेकाले दोश्रो चरणको निर्वाचनपछि कांग्रेस पहिलो पार्टी वन्ने दावी गरे । उनले श्रमिकको मुुद्धालाई लिएर जनताको घर आगनमा जान समेत ट्रेड युुनियनलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांगेस केन्द्रीय सदस्य डाक्टर डिला संग्रोला, नेपाल ट्रेड युुनियन कांग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, सांसद अमृत अर्याल, सांसद भुुटनीदेवी खवास,सांसद कविता सरदार, नेपाल ट्रेड युुनियन कांग्रेसका पुुर्व अध्यक्ष लक्ष्मणवहादुुर वस्नेत, एक नम्वर प्रदेशसका ट्रेड युुनियन अध्यक्ष नारायणवावुु कार्की , ट्रेड युुनियन कांग्रेस मोरङ अध्यक्ष सुुशिल कोइरालालगायतले ट्रेड युुनियनको हक हितका वारेमा वोलेका थिए ।
राम ढकालको अध्यक्षतामा ट्रेड युुनियन विराटनगर नगर समितिको नयाँ नेतृत्व चयन भएको छ । नयाँ समितिलाई कार्यक्रममा सम्मान गरिएको थियो । यसैगरी नेपाल ट्रेड युुनियन मोरङमा रहेका महत्वपूर्ण भुुमिका निर्वाह गर्नुुहुुने सम्भुु तिम्सिना, सितराम राय, ज्वालादेवी सुुव्वा, लक्ष्मी तमाङ, देवरत राई, वावुुचन्द सरदारलाई कार्यक्रममा कदरपत्रका साथ दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५