कांग्रेस जिताऔ अभियानमा युवा

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७४, बुधबार १९:४८
विराटनगर, १० जेठ / विराटनगरका कांग्रेसी युवाहरु कांग्रेस जिताउ अभियानमा जुटेका छन् । पहिलो चरणको निर्वाचनमा तालमेल मिलाउन नसक्दा काग्रेसले हण्डर खाएको युवाहरुको ठम्माइ छ ।
उनीहरुले पहिलो चरणको निर्वाचनवाट पाठ सिक्दै जित्ने उम्मेद्वार चयन गर्न समेत नेतृत्वलाई दवाव दिने वताएका छन् । युवा नेता हरि भट्टराईको संयोजकत्वमा १ सय ५१ सदसिय कांग्रेस जिताऔ युवा अभियानको समूह वनाइएको छ ।
आज विराटनगरमा बसेको आम कांग्रेस युवा भेलाले उक्त समिति बनाएको हो । गठित समतिको सदस्यमा ज्ञानबहादुर खड्का,सन्जिब चापागाई,केशव मैनाली, खेम थापा ,अक्षय सहनी,सन्तोष अधिकारी,अशोक विष्ट,रमेश सुव्वा ,विशाल लामा ,दिवश राजवंशी,दिनेश ढकाल,मुकेश कार्की,मनिष तिम्सिना ,गणेश थापा , ,शुनिल थापा ,सुरज जोशी,त्रीभुषण गीरि ,जसमन पौडेल,केशव गिरी ,गोपाल खत्री,निर्मल सुवेदी ,शिसिर पराजुली ,विशालचन्द्र भाजुरी ,बिक्रम श्रेष्ठ ,केशव घिमिरे ,अमन सहनी ,बिनोद राय ,रेवती चौधरी लगायत रहेका छन् । मोरङ भरी कांग्रेस जिताउ अभियानमा युवाहरु सक्रिय रहने बताएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.