लेनदेन विवादका कारण देखाउदै जग्गा कब्जा

खबर पूर्वाञ्चल, १० जेष्ठ २०७४, बुधबार १९:१०
विराटचौक, १० जेठ / लेनदेन विवादका कारण देखाउदै नेपाल कम्युनिस्ट पार्टीले सुन्दर हरैचा–७ स्थित गणेशपुर चोक उत्तरको २ बिगाहा ५ कठ्ठा जग्गा कब्जा गरेको जनाएको छ ।
हाल लक्ष्मी दाहालका नाममा रहेको उक्त जग्गा साबिक धनी भनी शिला लिम्बू सँग सम्पुर्ण जग्गाको जम्मा मोल २ करोड ६२ लाख ३५ हजार कायम गरि १० लाख रुपैयामा हेमबहादुर चोङ्वाङले कार्तिक २८ गते बैना गरेका थिए । बैना बापत १ करोड ५० लाख १ महिना भित्रमा दिए चोङ्वाङलाई सो जग्गा पास गरि दिने र बाकी रकम ६ महिना भित्रमा दिने सहमती भएता पनि लिम्बू र दाहालका ज्वाइँ तथा वारेस कमलराज खतिवडाको मिलेमतोमा उक्त जग्गा हाल १५ कठ्ठा अरुलाइ नै बिक्री गरि चोङ्वाङलाई दुख दिएको र बैना बापतको रकम खाने पचाउने नियत गरेकाले बाध्य भई उक्त जग्गा कब्जा गर्नु परेको पार्टीका युवा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष अशोक राईले जानकारी दिए ।
राईका अनुसार हाल सम्म पटकपटक गरि चोङ्वाङले ६० लाख दिई सकेको प्रमाण आफुसँग रहेको र यसरी जनतालाई दुख दिने द्लाललाई नेपाल कम्युनिस्ट पार्टीले नछोड्ने चेतावनी समेत दिए ।
उक्त जग्गा लिम्बुले केही समय अघि दाहाललाइ धितोमा राखिएको समेत राइले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.