उर्लाबारी, १० जेठ/ दोस्रो तहको स्थानीय चुनाव नजिकदै जादा उर्लाबारीमा एमालेले भातृ संगठनको कार्यक्रमहरुलाई तीव्रता दिएको छ ।
यूवाहरुको बृहत भेला गरी पार्टीलाई जिताउनका लागि निर्देश गरेको एमालेले आज अखिल नेपाल महिला संघको बृहत भेला आयोजना ग¥यो ।
उर्लाबारी–२ स्थित हाम्रो बचत सहकारीको सभाहलमा सयौे संख्यामा भेला भएका महिलाहरुलाई पार्टीका जिल्ला स्तरीय नेतृत्वले संगठनलाई मजबुत बनाउदै चुनावी परिणाम आफ्नो पक्षमा ल्याउन आग्रह गरेको छ ।
कार्यक्रममा बोल्दै अनेमसंघ मोरंग ९ नम्बर क्षेत्रीय इन्चार्ज एवं एमाले जिल्ला कमिटी सदस्य भिष्मा रेग्मीले सूर्यध्वजाबाहकका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनु पर्ने खाँचो औल्याए ।
नेतृ रेग्मीले भने–‘यो बेला एमालेको पक्षमा देशव्यापी लहर आएको छ, अब कसैका हत्केलाले सूर्य छेकिने छैन । ’
नगरपालिका तथा अन्य सामुदायिकरसरकारी निकायले गरिरहेका नियमित जनहितका कामलाई आफ्नो पार्टीको नेतृत्वमा भएको भन्दै विपक्षीहरुले भ्रम फैलाइरहेकोले सचेत हुन उनले मतदातालाई समेत आग्रह गरीन् ।
केही समय यता उर्लाबारीमा सामाजिक सरोकारका क्षेत्रमा भइरहेका गतिविधिलाई आप्mनै पार्टीको नेतृत्वमा भएको भन्दै कतिपय दलले ‘चुनावी फण्डा’ बनाउन थालेका छन् ।
कार्यक्रमका एमाले मोरंग जिल्ला सचिवालय सदस्य भुपालसिंह जिमी,मानबहादुर श्रेष्ठ,लक्ष्मी भण्डारी, मिना पौडेललगायतले मन्तव्य राख्दै विपक्षीका भ्रमलाई चिर्न एमाले कार्यकर्ता सक्रिय भएर लाग्न निर्देशन दिएका थिए ।
उर्लाबारी क्षेत्रमा भइरहेका कतिपय खानेपानी विस्तार,सडक मर्मत तथा ग्राभेलका कामलाई आफ्नो नेतृत्वमा भएको भन्दै कांग्रेसले गर्दै नगरेको कामको जस लिने गरिरहेको भन्दै नेताहरुले आपत्ति प्रकट गरेका थिए ।
एमाले नेता मानबहादुर श्रेष्ठले भने–‘ दुई चार ट्रिफर गिटि बालुवा झारेर मतदातालाई प्रभावित पार्नुभनेको निर्वाचन आचारसंहिता विपरित हो । यसको ढटेर प्रतिबाद गर्नुको विकल्प छैन । ’
कार्यक्रम अनेमसंघ उर्लाबारी संयोजक इन्दिरा राईको सभापतित्वमा भएको थियो ।