उर्लाबारी, १० जेठ / उत्तरी मोरङको मिक्लाजुङ–३ मा रहेको पहिरोले टाँडीका वस्तीहरुलाई जोखिममा पारेको छ ।
स्थानीय बताहा खोला भई आउने बर्राबोटे पहिरोलाई समयमै नियन्त्रण नगरे टाँडीका चौतारा, जलुकेनीको राई बस्ती र धोबेनी बजारलाई ठूलो क्षति पुग्ने भएको हो । पहिरो निरीक्षण गरेका समाजसेवी मानबहादुर श्रेष्ठले भने,‘सम्बन्धित निकायमा पहिरो नियन्त्रणका लागि ध्यानाकर्षण गर्न लागि पर्ने छु ।’
त्यस्तै बर्षेनी बाढीले वितन्डा मच्चाउँदै आएको मधुमल्लाको नुनसरी खोलामा तटबन्ध निर्माणको काम तीब्र रुपमा भइरहेको छ । तटबन्धलाई व्यवस्थित गर्नका लागि नदी नियन्त्रण पहल समितिका संयोजक समेत रहेका मानबहादुर श्रेष्ठ लगायतले प्रभावित क्षेत्रको अनुगमन गरिरहेका छन् । खोला किनारमा ढुंगा सहितको तारजालिले तटबन्ध गरी यसै बर्ष जोखिम प्रभावित बस्तीहरुलाई सुरक्षित तुल्याउन लागिपरेको श्रेष्ठले जानकारी दिएका छन् ।