खबर पूर्वाञ्चल
९ जेष्ठ २०७४, मंगलवार १८:१५
विराटनगर , ९ जेठ/नेकपा माओवादी केन्द्र मोरङले महानगर घोषणाको स्वागत गरेको छ । केन्द्रले आज विराटनगरमा एक कार्यक्रम आयोजना गरि महानगर घोषणाको स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेशको इन्चार्ज गोपाल किराती (साइला) ले राजनितिक एव आर्थिक रुपमा अगुवाई लिने विराटनगर महानगरपालिका घोषणा भएसँगै विराटनगरको विकासले फ्डको मार्ने बताए ।
प्रदेश नम्बर एक बाट ८÷९ जना प्रधानमन्त्री हुँदा पनि नभएको विराटनगर महानगरपालिका अहिले आएर प्रचण्ड नेतृत्वको सरकारले महानगर घोषणाले एतिहासिक साबित हुने उनको भनाई थियो । उनले भने, ‘एक नम्बर प्रदेशमै पहिलो विराटनगर महानगरपालिका हुनु गरौब र खुसी छु ।’ अन्य महानगरपालिको तुलनामा विराटनगर महानगरपालिकाले सिमा नाका जोडिएको हुनाले आर्थिक क्षेत्रसँगै विकासमा फड्को मार्ने किरातीको बुझाइ रहेको छ ।
नेकपा माओवादी केन्द्र विराटनगर महानगरपालिका संयोजक तथा उपमियरको उम्मेदवार नमिता न्यौपाने महानगर भएको खुसीयालीमा घरघरमा साँझ दीप प्रज्जवल गर्ने जानकारी दिइन् । कार्यक्रममा बोल्दै केन्द्रबाट विराटनगर उपमहानगरपालिको मेयरका उम्मेदवार भोगेन्द्र यादवले प्रचण्ड नेतृत्वको सरकारले महानगर घोषणा गरेको हुनाले महानगरको विकास निमार्ण माओवादी केन्द्र कोसेढुङ्गा साविक हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?