AArya
RUMPUM
animated ellipse animated ellipse

तोकिएकै मितिमा निर्वाचन हुन्छ -आयुक्त यादव

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ जेष्ठ २०७४, मंगलवार १७:२९
3
Shares
बिनु तिम्सिना
विराटनगर, ९ जेठ / मुख्य निर्वाचन आयुतm अयोधीप्रसाद यादवले दोश्रो चरणमा हुने स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गरिने बताएका छन् ।
क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय तहको संख्यामा गरिएको बृद्धीले केही चुनैती थपिएको भएपनि निर्वाचन आयोग तोकिएकै समयमा निर्वाचन गर्न प्रतिबद्ध रहेको बताए ।
यद्यपी स्थानीय तहको संख्या बृद्धी गरिएका कारण प्राविधिक र व्यवस्थापकीय समस्या भने सृजना गरिदिएको उनले बताए । तरपनि यसलाई संमायोजन गरेर अगाडी बढ्न आयोग तयार रहेको उनले उल्लेख गरे ।
जेष्ठ ३१ गते हुने स्थानीय तहको निर्वाचनकोलागि आवश्यक तयारीमा आयोग जुटेसकेकाले स्थानीय तहको संख्या थपिएका क्षेत्रमा पुन मतदात नामवाली निर्माण, निर्वाचनका लागि आवश्य सामाग्रीको व्यवस्थापन लगायतका उत्पन्न समस्यालाई प्राविधिक रुपमा हल गरी अगाडी बढ्ने पनि यादवको भनाई थियो ।
उनले सरकार परिवर्तन, स्थानिय तहको संख्या थपघढ गर्ने तथा महानगर, उप–महानगरपालिका घोषणा गर्ने कुरा नितान्त राजनितिक विषय भएकाले यस्ता कुरामा आचारसंहिता लागु नहुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर