AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार र अधिकृतबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०७४, आईतवार १९:४३
3
Shares
किसोर श्रेष्ठ
उर्लाबारी, ७ जेठ । स्थानीय स्तरका बिकास निर्माणमा पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहने उर्लाबारी नगरपालिकाका कार्यकारी अधिकृत अम्बिका प्रसाद चौलागाईंले बताएका छन् ।
आज नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार भेट्घाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नव कार्यकारी अधिकृत चौलागाईंले नगरको बिकास निर्माण र समस्याहरुमा स्थानीय पत्रकार र नगरपालिका सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् ।
ढलको निकास, सिमसार व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका विषयमा नगरपालिका लागी रहेको अधिकृत चौलागाईंले जानकारी गराएका छन् । यस्तै यसअघि नै घोषणा भैसकेको प्लास्टिक मुक्त, खुल्ला दिसापिसाब मुक्त अभियानलाई पनि अझै प्रभावकारी ढ्ङ्ले अघि बढाइएको पनि उनले जानकारी दिएका छन् ।
नगरपालिकाको आयोजनामा लक्षित बर्गका निम्ति विभिन्न १३ वटा तालीम सञ्चालनमा रहेको पनि चौलागाईंले जानकारी गराएका छन् ।
यसैबीच उपस्थित पत्रकारहरुले समाज रुपान्तरण र स्थानीय बिकास निर्माणमा नगरपालिकासँग सहजीकरण गरेर अघि बढ्न आफुहरु सकारात्मक रहेको बताएका छन् । नगरका समस्याहरुलाई पत्रकारीताका माध्यमबाट सधैव उजागर गर्दै आएको र आगामी दिनमा पनि आफुहरु सकारात्मक रहेको उनीहरुले बताएका छन् ।
भारतबाट ल्याएर छोडिएका मानसिक सन्तुलन गुमाएका मानिसहरुको कारण नगरवासीले भोग्दै आएको समस्या, सडक दुर्घटना दिनहु बढेर गएको, फोहोरको उचित व्यवस्थापन नभएको, सार्वजनिक सौचालयको अभाव रहेको कुरामा अधिकृतलाई पत्रकारहरुले जानकारी गराएका थिए ।
पत्रकाहरुको स्तर उन्नति र पुरस्कारको विषयमा पनि उक्त कार्यक्रममा छलफल भएको थियो । यसैबीच प्रत्येक महिनाको ७ गते स्थानीय पत्रकार र नगरपालिकाका अधिकृत बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर