फिपराज बेघा
पथरी, ७ जेठ / आसन्न स्थानीय तहको निर्वाचनमा मोरङ उर्लाबारीका लोकप्रिय विद्यार्थी नेता बिशाल आङ्देम्बेले आकांक्षी देखिएका छ्न् ।
जेठबाट उम्मेदवारी दिने तयारीमा रहेका छ्न् । विद्यार्थी माझ अत्यन्तै लोकप्रिय उनी समाजबादी फोरमका उप–सचिब, उर्लाबारी बहुमुखी क्याम्पसका सञ्चालक समिती सदस्यलगायत दर्जन संघ सस्थामा रहेर समाजिक क्षेत्रमा अग्रस छ्न् । संघीय समाजबादी फोरम मोरङकी जिल्ला सदस्य ममता साम्पाङ उपमेयरमा उठ्दैछिन । मेयरका आकांक्षी आङ्देम्बेले सबै वडाको उम्मेदवार लगभग टुंगो लागिसकेको बताए ।
नयाँ शक्ति उर्लाबारीले मनोहर दाहाल मेयर र रामप्यारी तामाङ उपमेयरमा अघि सार्ने तयारीमा जुटेको छ ।
दुबै पार्टीको केन्द्रिय समिति ले ञ हातले समातेको मसालझ चुनाव चिन्ह प्रयोग गरि कार्यगत एकता गर्ने निर्णय अनुरुप छलफल भइरहेको बताइएको छ। चुनावी तालमेल पछि मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्यको टुङ्गो लगाउने सैधान्तिक सहमति भएको छ । यद्यपि टुङ्गोमा पुगिनसकेको ती पार्टीहरुले बताएको छ ।