विराटनगर, ७ जेठ / विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कूलमा विद्यार्थीहरुलाई पढाईप्रति लभाब ढाउने उद्देश्यले एक दिने काउन्सिङ्ग दिएको छ । विराटनगरमा रहेको मारवडी सेवा सदनमा आइतबार एक कार्यक्रम आयोजना गरि काउन्सिङ्ग दिएको हो ।
कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने ५ सय विद्यार्थीहरुलाई काउन्सिङ्ग दिएको स्कूलका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए । सिटिएफ नेपालका इभेन्ट म्यानिजमेन्ट हरिस डिसीले विद्यार्थीहरुलाई प्रशिक्षण दिए। व्यवहारिक ज्ञानसँगै विद्यार्थीहरुको पढाइमा लगाब बढाउन यस्तो कार्यक्रम अपरिहार्य रहेको बताए ।
त्यस्तै विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले खुल्ला चित्रकला प्रतियोगिता समेत आयोजना गरेको छ । चित्रकला प्रतियोगितामा कक्षा सातकी दृष्टिका अग्रवाल प्रथम, कक्षा नौंकी जयन्ति सिंह द्धितीय, कक्षा सातकी शिक्षा बस्नेत तृतीय भएकी छिन् । प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।