RUMPUM
animated ellipse animated ellipse

उर्लाबारीका टोलटोलमा एमालेको भेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ जेष्ठ २०७४, आईतवार १७:२६
36
Shares
उर्लाबारी, ७ जेठ /आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी पहिलो स्थान दिलाउन एमाले उर्लाबारीले टोलटोलमा कार्यकर्ता भेलालाई तिब्र पारेको छ ।
आज उर्लाबारी ५, ६ र ७ को कार्यकर्ता भेला आयोजना गरी संगठन सुदृढिकरण र पार्टीको वर्तमान अवस्थाका बारेमा व्यापक रुपमा छलफल गरिएको थियो । भेलामा कार्यकर्ताहरुले आफुहरु जितका लागि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।
उर्लाबारी ५ र ६ को भेला हाम्रो साकोसको सभाहलमा भएको थियो भने ७ को पञ्चेश्वर शिवालय मन्दिर परिसरमा भएको थियो । भेलामा पार्टीका उम्मेद्वारलाई जिताउन सामाजिक काममा खट्ने, पार्टीका प्रतिबद्धता पत्र घरघरमा पुर्याउने, पार्टीका समर्थक र शुभेच्छुक लगायतलाई एमालेको जितका लागि उत्प्रेरणा जगाउने लगायत निष्कर्ष निकालिएको थियो ।
दुबै भेलामा एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीका संयोजक मानबहादुर श्रेष्ठ, मोरङ ९ नम्बर क्षेत्रीय इन्चार्ज भूपालसिंह जिमी, जिल्ला कमिटी सदस्य लक्ष्मी भण्डारी, अग्नि भट्टराई, युवा संघका उर्लाबारी संयोजक योगेश बस्नेतलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर