पूर्वाञ्चल खबर
खाकारबारी–डाङडुङ्गे हुँदै मिक्लाजुङ–४ बगर टोल जोड्ने सडक स्थानीयको श्रमदानबाट निर्माण भएपछि गत बैशाख ३० गते पहिलोपटक दुई वटा यात्रुवस पुगेको थियो । यसरी यात्रुवस पुगेकोमा बाजागाजासहित उपस्थित भएका स्थानीयले चालकलाई फूलमाला लगाइदिएका थिए ।