विराटनगर, ४ जेठ/२०६० मंसिर ५ गते मोरङ भोगटेनी १ का हस्तबहादुर लामिछाने मगरको हत्यामा संलग्न भएका एक व्यक्तीलाई मोरङ प्रहरीले १४ बर्ष पछि पक्राउ गरको छ । १४ बर्ष अघि आफ्नै घरमा बसेका बेला मगरको हत्यामा संलग्नलाई १४ बर्ष पछि पक्राउ गरी मुद्धा चलाएको छ ।
मगरको हत्या गरेको आरोपमा सोही ठाउका सन्तबहादुर तामाङलाई गत बैसाख ३० पक्राउ गरी मुद्धा चलाएको मोरङ प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी आठ महिना अघि २०७३ असोज १० गते भारतको जिल्ला दार्जिलिङ सिलगुडी चम्पासरी ग्रामपञ्चायत बस्ने २९ बर्षिय लिला शर्मा दाहालको हत्यामा संलग्न भएको आरोपमा धरान १५ सुनसरीका घर भई दार्जिलिङ बस्दै आएका राजकुमार प्रधानलाई पक्राउ गरी ज्यान मुद्धा चलाएको छ ।
त्यस्तै २०६९ साल जेठ १२ मोरङ सुन्दरपुरका २४ बर्षिय राजकुमार राईको हत्यामा संलग्नलाई पनि प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।
राईको हत्यामा संलग्न भएको आरोपमा बर्ष २२ का यादव श्रेष्ठ, २६ बर्षिय दिपेन मोक्तान र २८ बर्षिय गणेश भन्ने सरुल गुरुङलाई अदालतले पूरपक्षकालागि कारागार चलान गरेको छ । मोरङ प्रहरीले गत माघ १३ मोरङ बेलबारी ५ का ३० बर्षिय ज्ञानबहादुर राईको हत्यामा संलग्न खोटाङ महेश्वरी घर भई मोरङ बेलबारी बस्दै आएका ३० बर्षिय पेमा राईलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्धा चलाएको छ ।
त्यस्तै गत चैत १४ गते हत्या गरिएका मोरङ बेलवारी ११ का पासाङ तामाङको हत्यामा संलग्न भएको आरोपमा सोही ठाउका ४० बर्षिय राजकुमार चेम्जोङलाई पक्राउ गरी मुद्धा दर्ता गरेको छ ।