RUMPUM
animated ellipse animated ellipse

दोस्रो चरणको चुनावमा फोरम र नयाँ शक्ति एक भएर उम्मेदवारी दिने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ जेष्ठ २०७४, बुधबार १८:३९
3
Shares
पथरी, ३ जेठ / संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर उम्मेदवारी दिने भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिकामा संयुक्त रुपमा ‘हातले समातेको मसाल’ चुनाब चिन्ह प्रयोग गरी उम्मेदवारी दिने भएका हुन् ।
दुर्ई पार्टीले आज नेपाल पत्रकार महासंघ मोरङको सम्पर्क कार्यालय पथरीमा पत्रकार सम्मेलन गर्दै मेयरमा नयाँ शक्तिको तर्फबाट देबराज भण्डारी र उपमेयरमा संघीयको तर्फबाट खिममाया लिम्बुलाई उठाउने भएको छ । भण्डारी नयाँ शक्तिका प्रदेश नं. १ को सहसंयोजक र लिम्बु समाजवादी महिला फोरम लिम्बुवान प्रदेश समितिका सदस्य हुन् । उम्मेदवार भण्डारीले नगरको न्याय, समानता, समावेशी, विकास तथा समृद्धिका लागि संयुक्त रुपमा उम्मेदवारी दिएको बताएका छन् ।

संघीय समाजवादी फोरम, लिम्बुवान प्रदेश समितिका सचिवालय सदस्य प्रेम वनेमको संयोजकत्वमा निर्वाचन संयन्त्र गठन गरी सबै उम्मेदवारको ठुङ्गो लगाउने भएको छ । समितिको सदस्यमा संघीयबाट काजी राई, बालकुमार तामाङ, चन्द्रकुमार तामाङ र फिपराज बेघा र नयाँ शक्तिबाट रोशन खरेल, नेत्रप्रसाद दाहाल, लालबहादुर भण्डारी, अशोक शंकर र तारा दवाडी रहेका छन् । जेठ ८ गते उम्मेदवारी घोषणा सभा गरी नाम सार्वजनिक गर्ने समितिले स्वतन्त्र उम्मेदवारसहित अन्य दलहरुसँग पनि चुनावी तालमेल गर्ने पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर