AArya
RUMPUM
animated ellipse animated ellipse

थारु भाषामा आधारित चलचित्र ‘छल्की’ बन्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७४, मंगलवार २२:०७
3
Shares
विराटनगर, २ जेठ / विभिन्न जातिय भाषामा आधरित चलचित्रको निर्देशन गरि दर्शकको मन जितिसकेका निर्देशक केशव रायमाझीले चाँडै थारु भाषामा आधारित चलचित्रको निर्देशन गर्ने भएका छन् ।
उनले निर्देशन गर्ने चलचित्र ‘छल्की’ आउँदो शनिबार विराटनगरमा एक कार्यक्रमको बिच शुभ मुहुर्त गर्दैछन् । एक दर्जन बढी थारु भाषाको चलचित्रमा निर्देशन गरि सबैको रोजाईमा पर्न सफल भएका रायमाझीले निर्देशन गर्न लागेको छल्कीको छायाकन चाँडै हुने उनले जानकारी दिए । राजेन्द्र भगतको यस चलचित्रमा प्रस्तुती रहनेछ ।
चाँदनी फिल्मसको ब्यानरमा निमार्ण हुन लागेको चलचित्रको प्रमुख निर्मता कन्नुलाल चौधरीले गरेका छन् । त्यस्तै निर्मताहरुमा नरेश चौधरी, बद्री माझी, पन्चु नारायण चौधरी(थारु) रहेका छन् भने सह निर्मतामा सुनिता चौधरी रहेका छन् ।
उक्त चलचित्रको पूर्वाञ्चलको रमणिय क्षेत्रमा छायाकन हुने निर्देशक रायमाझीले बताए । निर्देशक राई भन्छन्, ‘अहिलेको यूवा पुस्तालाई लक्षित गरि माया प्रेममा आधरित रोमन्टिक चलचित्र बन्दछ ।’ उनका अनुसार छल्की चलचित्र नेपाली तथा अन्य भाषामा पनि डबिङ्ग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर