AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश नम्बर १ मा निर्वाचन सम्बन्धी काम जेठ ५ देखि शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०७४, मंगलवार १८:४४
3
Shares
विराटनगर, २ जेठ / निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले प्रदेश नम्बर १ मा जेठ ५ गतेबाट निर्वाचन सम्बन्धी फेरि काम थाल्ने भएको छ ।
कार्यालयका क्षेत्रीय प्रमुख प्रेमप्रसाद सञ्जेलले दुई चरणमा निर्वाचन गर्ने तय भएसँगै गत चैत २८ गते शुरु भएको मतदाता शिक्षालगायत अभियान स्थगन गर्नु परेको जानकारी दिए । वैशाखमा सञ्चालनमा आएका १६ वटा निर्वाचन अधिकृतका कार्यालयहरु सोही महिनामा बन्द भएका थिए । अब ढिलोमा जेठ १२ गतेसम्ममा सञ्चालनमा आइसक्ने सञ्जेलले जानकारी दिए ।
मोरङमा ६ सय ६९ मतदानकेन्द्र रहेका छन् । यस्तै ३ सय मलदान स्थल रहेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ६ सय ४० मतदाता शिक्षा कार्यकर्ताहरुले जेठ ५ गतेदेखि मतदाता शिक्षा सम्बन्धी अभियान चलाउने कार्यालयले जनाएको छ । मोरङका सत्रवटै इलाकामा निर्वाचनसँग सम्बन्धित काम अघि बढाउन दलहरुसँग समन्वय गरिने पनि कार्यालयले जनाएको । मोरङमा देशकै सबैभन्दा धेरै ५ लाख ६३ हजार ८ सय ५८ मतदाता रहेका छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर