RUMPUM
animated ellipse animated ellipse

विराटनगर भन्सार कार्यालयमा भन्सार असुलीमा कमी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ जेष्ठ २०७४, मंगलवार १८:३१
3
Shares
विराटनगर, २ जेठ / विराटनगर भन्सार कार्यालयमा भन्सार असुलीमा कमी आएको छ ।
चालु आर्थिक बर्षको बैशाखसम्मको लक्ष्यभन्दा १ अर्ब ३४ करोड २२ लाख ३४ हजार कम भन्सार असुली भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक बर्ष भन्दा पनि १ अर्ब ७ करोड ९२ लाख २० हजार कम भन्सार असुली भएको कार्यालय तथ्याङ्कले देखाएको छ । चालु आर्थिक बर्षको बैशाख महिनासम्ममा २० अर्ब ४० करोड भन्सार असुल गरेको विराटनगर भन्सार कार्यालयले गत बर्षको यही समयमा २० अर्ब ६२ करोड राजस्व संकलन गरेको जनाएको छ ।
चालु आर्थिक बर्षको बैशाख महिनासम्मको राजस्व गत बर्षको यही अवधिको भन्दा २२ करोडले कमी भएको हो ।
गत बर्ष बन्द, हडतालले गर्दा अन्य नाका भएर जाने सामान विराटनगर भन्सार भएर जाने गरेकाले राजस्व असुली बढी भएको कार्यालयले जनाएको छ । विराटनगर भन्सार कार्यालयबाट डिजेल , पेट्रोल, ग्यास लगायतका सामानहरु नेपाल भित्रिने गरेको छ । यसमा पनि यो बर्ष भने डिजेल कम मात्रामा विराटनगर नाका भएर आयात भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतको भनाई छ ।
यो बर्ष नेपाल सरकारले विराटनगर भन्सार कार्यालयबाट २५ अर्ब ८० करोड राजस्व उठाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर