विराटनगर, १ बैशाख /विराटनगर – १५ मा रहेको न्यू शान्ति होटल एण्ड लजबाट ५१ केजी चरेशसहित पक्राउ परेका पाँच जनालाई पूर्वपक्षको लागि कारागार चलान गरिएको छ ।
मोरङ जिल्ला अदालतको आदेश अनुसार आज पाँच जना अभियुक्तहरु पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ प्रहरीका एसपी सन्दीप भण्डारीले जानकारी दिए ।
कारागार चलान हुनेहरुमा मकवानपुर टिस्टुङ ५ घर भई हाल काठमाण्डौ डेरा गरी बस्ने प्रताप सिंह गोले, धादिङ भुमेस्थान घर भई काठमाण्डौ किर्तिपुर डेरा गरी मिलन राउत, मकवानपुर साविक टिस्टुङ गाविस ५ बस्ने बुद्ध बहादुर बम्जन, काभ्रेपलान्चोक भुमिडाडा कलाती ४ घर भई काठमाण्डौ मनमैजामा डेरा गरी बस्ने १७ वर्षिय राम बहादुर गुरुङ, काभ्रेपलान्चोक नयागाउँ देउपुर ४ घर भई काठमाण्डौ मनमैजामा डेरा गरी बस्नेरूण गुरूङ रहेको मोरङ प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीलाई दिएको गोप्य सूचनाका आधारमा पक्राउ गरेको थियो । उनीहरुलाई लागु औषध अन्तर्गत मुद्दा दर्ता गरेको थियो ।