पूर्वाञ्चल टपर हुने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान
पूर्वाञ्चल खबर
१ जेष्ठ २०७४, सोमबार १६:०१
3
Shares
विराटनगर, १ जेठ / बि.बि. एस. प्रथम वर्षको परीक्षामा विराटनगरमा रहेको हिमाल दर्शन कलेजकी लक्ष्मी दाहालले पूर्वाञ्चल टप गरेकी छिन् ।
दाहालले ७५ दशवलमब ४० प्रतिशत ल्याएर पूर्वाञ्चल टप भएको कलेजले दाबी गरेको हो ।
उनले अंग्रेजीमा ७६, एकाउन्टमा ७५, प्रिन्सिपल अफ म्यान्जमेन्टमा ७६, अर्थशास्त्रमा ७३ र तथ्याङ्क शास्त्रमा ७७ गरि जम्मा ३ सय ७७ अंक ल्याएको कलेजले जनाएको छ । कलेजले पूर्वाञ्चल टपर गरेको भन्दै आज एक कार्यक्रम आयोजना गरि दाहाललाई सम्मान गरेको छ ।
प्रथम वर्षको परीक्षामा पूर्वाञ्चल र कलेजकै गौरव बढाएको भन्दै उज्जवल भविष्यको सफलताको शुभकामना दिदै कलेजले सम्मान गरेको कलेजका प्रमुख भरत सापकोटाले बताए । दाहाललाई फुलको गुच्छा, अविर र ट्रफिले कलेजका अध्यक्ष भेषराज शमाले सम्मान गरेका छन् ।
कलेजले दाहाललाई बि.बि.एस. दोस्रो वर्षको लागि पूर्ण छात्रवृती दिएको छ । उनलाई दोस्रो वर्षमा अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च निःशुल्क अध्ययन गर्न पाउने कलेजका संस्थापक अध्यक्ष भेषराज शर्माले जानकारी दिए ।
हिमालय दर्शन कलेजबाट बि.बि.एस. प्रथम वर्षको परीक्षामा ७३ जनाले परीक्षा दिएको मा ४७ जना उत्तिर्ण गरि कलेजले ६४ दशवलब ३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको कलेजका प्रमुख सापकोटाले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै सम्मानित हुने दाहालले मेहनत र लगनशिल भएर अध्ययन गर्दा सफलता पाएको बताइन् ।
कार्यक्रममा संस्थापक भीम पराजुलीले शिक्षा, स्वास्थ्य क्षेत्रको क्षेत्रमा विराटनगर अगाडि रहेको जानकारी दिदै उत्कृष्ट अंक ल्याउन राजधानी नै जानु नपर्ने बताए । उनले पूर्वाञ्चल टपर गर्ने छात्रालाई आगामी दिनमा पनि यसरी नै अगाडि बढनु पर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थापक ज्ञानु खड्का, कलेजका निर्देशक शैलेन्द्र शिवकोटी, शिक्षकहरु साथै विद्यार्थीहरुको सहभागिता रहेको थियो ।