स्थानीय तहको निर्वाचन र महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितकालागि अनेमसंघ जुट्दै

खबर पूर्वाञ्चल, ३१ बैशाख २०७४, आईतवार १९:३१
तिलकुमारी शर्मा
विराटनगर, ३१ बैशाख /स्थानीय तहको निर्वाचन र महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चितकालागि अनेमसंघले आफ्नो पार्टीभित्र पहल शुरु गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई मध्य नजर राख्दै अखिल नेपाल महिला संघ जिल्ला समिति मोरङकी अध्यक्ष कृष्ण राईको अध्यक्षतामा बसेको बैठकले निम्न निर्णयहरु गरेका हो ।
स्थानीय तहको निर्वाचनकालागि संघका अध्यक्ष कृष्ण राईको संयोजकत्वमा ५०१ जनाको स्थानीय तहको निर्वाचन प्रचार प्रसार समिति गठन गरेको छ । जिल्ला समिति, ९ वटै क्षेत्रीय कमिटी, उपमहानगरपालिका कमिटी, नगरपालिका कमिटी, गाँउपालिका कमिटीका सबै सदस्यहरु तथा सम्पूर्ण बडा कमिटीहरुका पदाधिकारीहरु रहनेछन् ।
उपमहानगरपालिका, नगरपालिका, गाँउपालिका तथा सम्पूर्ण बडाकमिटी तहसम्म स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्न बैठकले निर्देशन गरेको हो ।
त्यसै गरि स्थानीय तहको निर्वाचनमा वडाबाट उमेद्वारकालागि सिफारिस भइ आएका नामहरुमा अरु नाम थपगरि उपमहानगरपालिका र नगरपालिकामा मेयर तथा गाँउपालिका र बडामा अध्यक्ष पदमा महिलालाई उठाइ महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउन नेकपा एमाले जिल्ला कमिटी र प्रदेश कमिटीमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.