कानेपोखरी गाउँपालिका अध्यक्षमा तीन जनाको नाम सिफारिस
पूर्वाञ्चल खबर
३० बैशाख २०७४, शनिबार २०:४८
3
Shares
कानेपोखरी, ३० बैशाख/ जेठ ३१ गतेलाई तोकिएको स्थानीय तह निर्वाचन तयारीमा जुटेको नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिका कमिटिले विद्यार्थी नेता मानोज राजवंशी सहित अध्यक्षमा तीन जनाको नाम सिफारिस गरेको छ ।
कानेपोखरी गाउँपालिका क्षेत्रमा राम्रो छबि बनाएका राजवंशी सहित गाउँपालिको अध्यक्षमा सूर्य धिमाल र खुल्लु राजवंशीको नाम जिल्लामा सिफारिस गरेको हो ।
सिफारिस गरिएका मध्ये धिमाल साविक बयरवन गाविसका पूर्व निर्वाचित उपाध्यक्ष समेत हुन भने माओवादी केन्द्र केन्द्रिय आयोजक कमिटि सल्लाकार पनि हुन् ।
अध्यक्षको उम्मेदवारकालागि सिफारिस गरिएका मनोज राजवंशी माओवादी केन्द्र केन्द्रिय आयोजक कमिटि सदस्य र माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिव समेत हुन् । युवाहरु माझ इमान्दार छवि बनाएका उनी लामो समय देखि माओवादीमा सक्रिय छन् ।
रमाइलो बहुमुखी क्याम्पसको स्वबियु निर्बाचनमा क्रान्तिकारीको प्यानल नै जिताउन महत्वपूर्ण भुमिका खेलेका राजबंशीले बैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका बेला त्यहा पनि माओबादी केन्द्रको संगठन निर्माणमा सक्रिय थिए ।
त्यस्तै केन्द्रले सिफारिस गरेका खुल्लु राजवंशी पनि केन्द्रिय आयोजक समिति सल्लाहाकार हुन । उनीपनि लामो समय देखि मओवादीकेन्द्रमा क्रियाशिल छन् ।
यसैगरी कानेपोखरी गाउपालिका वार्ड नं ४ को वडा अध्यक्षमा माओवादीको तर्फबाट प्रकाश नाईका राई उठने लगभग पक्का भएको छ । साविक बयरवन वार्ड नं ६ र ७ वार्ड मिलेर बनेको वार्डमा राई उठने लगभग पक्का भएको हो ।
युवाहरुमाझ राम्रो छबि बनाएका राई उठने लगभग पक्का भएको हो । वडा अध्यक्षमा तीन जनाले आकाक्षा देखाएका छन् । तर तीन मध्ये राईको सो क्षेत्रमा राम्रो छवि बनाएका छन् । उनी कानेपोखरी गाउ पालिका वार्ड नं ४ मा लामो समय देखि सामाजिक कार्यमा सकृय छन् ।
साविकको बयरवन केरौन र होक्लाबारी मिलेर बनेको कानेपोखरी गाउपालिका माओवादीको पकट क्षेत्र मानिदै आएको छ । २४ हजार ६ सय ५५ मतदाता रहेको कानेपोखरी गाउपालिकामा जेठ ३१ गतेलाई तोकिएको दोस्रो तहको निर्वाचनकालागि जिल्ला निर्वाचन कार्यालयले २८ वटा मतदान केन्द्र तोकेको छ ।