उर्लावारी, २७ बैशाख / भिजन फाउण्डेशन नेपाल उर्लावारीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पशुपति आवसिय मावि प्रथम भएको छ ।
बुद्ध जयन्तीको अवसर पारेर फाउण्डेशनले आयेजाना गरको “सम्मुनत समाज निर्माणमा शान्ति“विषयक वक् तृत्व कला प्रतियोगितामा पशुपति आवसिय मावि उर्लावारी(७मा कक्षा ९का छात्र आयुष भण्डारी प्रथम भएका हुन् । विजेता भण्डारीले नगद तीन हजार सहित प्रमाण–पत्र प्राप्त गरे ।
यस्तै सप्तकोशी आवासीय माविका सम्योग अधिकारी दोस्रो भए । यस्तै राधिका मावि उर्लावारी–६ छात्रा सलिना गिरी तेस्रो भईन् । दोस्रो र तेस्रो हुनेहरूलाई प्रमाणपत्र सहित क्रमश नगद दुई हजार र पन्ध्र सय प्रदान गरिएको भिजन फाउण्डेशनका अध्यक्ष राजु लामाले बताए । पतियोगितामा उर्लावारी नगर क्षेत्रका सामुदायिक र निजी गरी विभिन्न १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।
उर्लावारी–५ स्थित बुद्ध गुम्बामा आयोजित सो कार्यक्रममा उर्लावारी नगर विकास समितिका अध्यक्ष दिपेन्द्र धिमाल,नेपाली काङ्ग्रेस मोरङ ९का क्षेत्रीय सभापति खड्ग फागो,साहित्यकार मिश्र वैजन्ती,नगर खेलकुद विकास समितिका अध्यक्ष भिष्म बुढाथोकी, रेडक्रस उर्लावारी उप–शाखाका सभापति मदनबाबू प्रसाईँ लगायतको उपस्थिति रहेको थियो ।
फाउणडेशनकी सदस्य एवं कार्यक्रम संयोजक अरूणा थापाले स्वागत मन्तव्य रहेको सो कार्यक्रम पत्रकार घनशयाम भण्डारीको सञ्चालन र राजु लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।