विराटनगर, २७ बैशाख / भगवान गौतम बुद्धले भन्नु भएको छ ‘ ,झूठो बोल्नु सबैभन्दा ठूलो पाप हो, झूठो को थैलोमा अरु सबै पाप अटाउँछ, झूठोलाई छोड़ तिम्रो अरु पाप कर्म स्वतस् छुट्छ । ’
गौतम बुद्धको यीनै महान बाणीलाई आत्मसाथ गर्दै हामीले खबरपूर्वाञ्चल डटकम अनलाइन पत्रिका सञ्चालनमा ल्याएको आज एक बर्ष पुरा भएको छ ।
नेपालको पूर्व क्षेत्रलाई अनलाइन पत्रकारिताको माध्ययमबाट संसारमा चिनाउदै समाजमा भएका बास्तवीकतालाई उजागर गर्ने उदेश्यले सुरु भएको अनलाइन पत्रिका आजको अवस्थामा ल्याउन तपाई पाठक, विज्ञापन दाता र सुवेच्छुकहरुको साथ ससहयोग पाएका छौ ।
यो एक बर्षमा हामीले झुटो लेखेनौ । समाजमा भएका घटनाहरुलाई जस्ताको तस्तै हाम्रा पाठकहरु माझ प्रस्तुत गर्न सफल भयौ । भोलीका दिनमा पत्रकारिताको व्यावसायीक धर्म र मान्यता भित्र रहेर सत्य तथ्य समाचार र विचारहरु यहाँहरु माझ प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
गत बर्षको बैसाख शुक्ल पूर्णिमाका दिन देखि खबर पूर्वाञ्चल मिडिया प्रालि मार्फत हामीले सुरुवात गरेको अनलाईन पत्रिका आजको अवस्था सम्म आई पुग्दा हाम्रा पठक, विज्ञापनदाता र सुवेच्छुकहरुको राम्रो साथ र सहयोग पाएका छौ ।
प्रविधिको विकास सँगै पछिल्लो समय पूर्वी नेपालमा भित्रिएका अनलाईन सञ्चार माध्यमहरु मध्ये खबरपूर्वाञ्चल डटकम अनलाइन पत्रिकाले आफनो बेग्लै छाप बनाउन सफल भएको हामिलाई आभाष भएको छ । हामीले सञ्चालन गरेको अनलाइन पत्रकारिता व्यावसायीक पत्रकारिताको विकासमा एउटा इटा थप्ने काम गरेका छौ । व्यावसायीक पत्रकारिताको विकासमा हाम्रो अभियान निरन्तर सञ्चालन गर्ने प्रण गर्दछौ ।
समय अनुसार अनलाइन पत्रिकाको व्यावस्थापन र साजसञ्जा पनि परिवर्तन गर्दै लैजाने योजना बनाएका छौ । चाडै नै खबर पूर्वाञ्चल अनलाईन पत्रिका नया साज सज्जाका साथ तपाईहरु माझ ल्याउने योजना अघि बढाएका छौ ।
आउँदा दिनहरुको पनि तपाईहरुको साथ, सहयोग, सल्लाह सुझावको अपेक्षा सहित बुद्ध पूर्णिमा शुभकामना व्यक्त गर्न चाहान्छौ ।
खबर पूर्वाञ्चल मिडिया प्रालि
विराटनगर