विराटनगर २६ बैशाख / विराटनगर १६ (साविक २०) मा रहेको किरात याक्थ्युङ्ग चुम्लुङ्ग नगर कार्य समितिको भवन निर्माणको लागी कृषि बिकास बैक विराटनगर शाखाले आर्थिक सहयोग गरेको छ ।
बैंकले आज एक कार्यक्रमको आयोजना गरी किरातेश्वर मांङखीममा रहेको १ कठ्ठा ५ धुरमा बन्न लागेको सांस्कृति भवनका लागी आर्थिक सहयोग गरेको हो ।
विराटनगरको कृषि बिकास बैक शाखाले नेपालको विभिन्न जिल्ला अन्र्तगत सामाजिक सामुदायिक उत्तरदायित्व कार्यक्रम भवन निर्माण सम्बन्धी सहयोग गर्दै आएको छ ।
कृषि विकास बैंक लि.का वोर्ड सदस्य मनोज बस्नेतले कि.या.चु नगर अध्यक्ष मनोज म्याङ्गवोलाई रु ३ लाखको चेक हस्तान्त्रण गरी भवन निर्माण सम्बन्धी सहयोग गरेको हो ।
कार्यक्रममा क्षेत्रिय कृषि विकास बैंक लि का निर्देशक अरुण कुमार ढुङ्गनाले बैंकको ५० औं बार्षिक उत्सवको अबसरमा सामाजिक सेवा अवधारण जस्ता विभिन्न लोक कल्याणकारी कार्यक्रम संचालन गर्दै आएको बताए । यसैविच शाखा विराटनगरका मुख्य प्रवन्धक गुरु प्र. लामिछानेले सर्वसाधरणका लागी बार्षिक १२ प्रतिशत व्याजदरमा पैसा जम्मा र ५ प्रतिशतमा ऋण लिन सकिने बताए । बैंकले मोबाईल एसएमएस, भिषा,क्रेडिट कार्ड र चेकिङ्ग लगायतका सेवा सुविधा प्रधान गर्दै आएको बताए ।
कार्यक्रममा कि.या.चुका नगर अध्यक्ष मनोज म्याङ्गवोले बैकले यसरी एउटा सास्कृतिक भवन निमार्णको लागी आर्थिक सहयोग गरेको प्रति धन्यवाद प्रकट गर्दै अतुलिनीय काम कार्य गरेको बताए । कार्यक्रममा लिम्बुहरुको च्याब्रुङ नृत्य पनि सांस्कृतिक टोली प्रर्दशनी गरेका थिए ।